Sunday, August 9

राजनीति

जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा
राजनीति, समाचार, हाइलाइट-समाचार

जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा

नेपालअखबार,जनकपुर । नेपाली कम्युनिस्ट पार्टीले शनिबार जनकपुरमा एकता सन्देश सभा गरिरहेको छ। एकताको सन्देशका लागि सातै प्रदेशमा सभा गरिरहेको नेकपाले शनिबार मधेस प्रदेश स्तरीय सन्देश जनकपुरमा गरेको हो। सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्। सभामा ठूलै संख्यामा नागरिक र कार्यकर्ताको उपस्थिती छ। तस्बिरहरूः ...
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
राजनीति, समाचार

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा अरनिको पाँडे, डा नन्दन यादव र क्रान्तिशिखा धिताल छिन् । योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो । पार्टीले हाल अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । स...
एमाले महाधिवेशन- प्रतिनिधि छनोटको विषयलाई लिएर च्यासलमा हात हालाहाल
राजनीति, समाचार

एमाले महाधिवेशन- प्रतिनिधि छनोटको विषयलाई लिएर च्यासलमा हात हालाहाल

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको छ। आज दिउँसो एमाले मुख्यालयमा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रतिनिधि चयनलाई लिएर तनाव सिर्जना भएको हो। महासंघकी सचिव मन्दिरा श्रेष्ठका अनुसार अध्यक्ष पासाङ शेर्पा पक्षधरले एकलौटी ढंगले प्रतिनिधि चयन गरेका थिए। त्यस विरोधमा असन्तुष्ट समूह उजुरी लिएर केन्द्रीय संगठन विभागमा पुगेको थियो। त्यही क्रममा पासाङ शेर्पा पक्ष ध्यानाकर्षण गराउन भन्दै संगठन विभागमै पुगेको थियो। दुवै पक्षबीच भनाभन भइरहेका बेला युवा संघका नेता मंगल थापाले आफूहरूमाथि हातपात गरेको श्रेष्ठको भनाइ छ। ‘पासाङ शेर्पा पक्षले महासचिव पेम्बा भोटेलाई कारबाही गरेको बताउँदै उपमहासचिव देवराज राईलाई कार्यवाहक महासचिव तोकेको छ, उनैको नेतृत्वमा अवैधानिक ढंगले बैठक नै नराखी महाधिवेशनका लागि ७ जना प्रतिनिधि...
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
राजनीति, समाचार

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।...
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
राजनीति, समाचार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
राजनीति, समाचार

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

नेपालअखबार,काठमाडौँ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ । निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् । शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।...
विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो: अध्यक्ष दाहाल
राजनीति, समाचार

विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो: अध्यक्ष दाहाल

नेपालअखबार, काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबिच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उनले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गरेका छन् । अध्यक्ष दाहालद्वारा जारी सन्देशमा भनिएको, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त स्वाधीन राष्ट्र हो । हाम्रो संविधानले हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै स...
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति
राजनीति, समाचार

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताएका छन् । “विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृति...
बहाल जनप्रतिनिधिलाई आगामी चुनावमा कांग्रेसले उम्मेदवार नबनाउने
राजनीति, समाचार

बहाल जनप्रतिनिधिलाई आगामी चुनावमा कांग्रेसले उम्मेदवार नबनाउने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई कांग्रेसले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने भएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रलाई थप प्रष्ट्याउँदै फेरि गरेको परिपत्रमा मातहतका कार्यसमितिहरूलाई राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका छन् । ‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा भनिएको छ, ‘प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’ स्थानीय तहमा हाल बहाल रहेका जनप्रतिनिधिहरू प्रतिनिधिसभाको प्...
रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै
राजनीति, विश्व, समाचार

रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै

नेपालअखबार,काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) भारत भ्रमणमा आउँदै छन् । उनी दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ । पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ । ‘पुटिनको आगमनदेखि फिर्ता हुनेसम्म सुरक्षा एजेन्सीहरूले हरेक गतिविधि निगरानी गर्ने छन्,’ नवभारत टाइम्समा समाचार छ ।...