प्रतिनिधिसभा संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालका १५ बुँदे सुझाव
नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारलाई १५ बुँदे सुझाव दिनुभएको छ । प्रतिनिधिसभा संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वाभिमान, सन्तुलन परराष्ट्रनीति, संविधानको रक्षा र परिपालन, भ्रष्टाचारमुक्त समाज, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण नगर्ने प्रतिबद्धता लगायतका १५ बुँदे सुझाव दिनुभएको छ । यी सुझावका आधारमा नेकपा एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिएको छ । सरकारलाई विश्वासको मत दिएपनि रचनात्मक प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
अध्यक्ष नेपालले दिनुभएका सुझावहरू यी हुन् -
१ राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरि ध्यान दिनुपर्ने ।
२ सन्तुलन परराष्ट्रनीतिः नेपाल कसैको खेल मैदान नबनोस् भन्नेमा चनाखो हुनुपर्ने
३ संविधानको रक्षा, परिपालन र संघीयताको कार्यान्वयन ।
४ सुशासनको ...










