युक्रेनी आक्रमणका कारण रूसलाई इन्धन अभाव भएको स्वीकारे पुटिनले
नेपालअखबार,काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दुरीको ड्रोन आक्रमणका कारण रूसले इन्धन अभावको सामना गरिरहेको कुरा स्वीकार गरेका छन्।
पछिल्लो समय युक्रेनले तीव्र पारेको ड्रोन आक्रमणले तेल प्रशोधन केन्द्रहरूमा आगो लगाइदिएका कारण धेरै क्षेत्रहरूमा पेट्रोलका लागि सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ।
'हाम्रा पूर्वाधारहरूमा भएका यी आक्रमणले समस्याहरू सिर्जना गरिरहेका छन्, त्यो स्पष्ट छ,' आइतबार प्रसारित एक सरकारी टेलिभिजन अन्तर्वार्तामा पुटिनले टिप्पणी गरे भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
आक्रमणपछि रूसले इन्धनको केही अभाव सामना गरिरहेको भए पनि यो गम्भीर नभएको पुटिनले दाबी गरे र आपूर्ति पुनर्बहाली गर्न सरकार काम काम गरिरहेको बताए।
पछिल्ला आक्रमणको शृंखलापछि युक्रेनको ड्रोन प्रविधिको विकासले इन्धन उत्पादनमा धक्का पुर्याएको पुटिनले पहिलो पटक स्वीकार गरेका ह...








