रूसले तेलको भाउमा भारतलाई दियो भारी छुट!
नेपालअखबार,काठमाडौं । अमेरिकाले रूसका शीर्ष तेल उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि रूसले भारतलाई कच्चा तेलको भाउमा भारी छुट प्रस्ताव गरेको छ।
तेल बेचेर युक्रेनसँग युद्ध लडिरहेको रूसलाई दबाव हाल्न अमेरिकाले भर्खरै रूसका रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि रूसले भारतलाई आफ्नो कच्चा तेलमा प्रति ब्यारेल सात डलरसम्म छुट दिने प्रस्ताव गरेको भनेर ब्लुमबर्गले लेखेको छ।
यो पछिल्लो दुई वर्षमा रूसले भारतलाई दिएको सबैभन्दा ठूलो छुट हो। ती कम्पनीलाई अमेरिकाले प्रतिबन्ध लगाउनुअघि भारतलाई रूसले प्रति ब्यारेल तीन डलरसम्म छुट दिने गरेको थियो।
गत हप्ता अमेरिकाले रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएपछि अधिकांश भारतीय प्रशोधन कम्पनीले रूसी कच्चा तेलको अर्डर बन्द गरेको भनेर ब्लुमबर्गले जनाएको छ। त्यसपछि रूसले भारतलाई भारी छुट प्रस्ताव गरेको हो।
रूसी कच्चा तेल किनेको भने...










