Saturday, June 27

विश्व

बिहान ३ बजे बैठक राखेपछि कर्मचारीलाई दुःख दिएको भन्दै जापानी प्रधानमन्त्री ताकाइचीको आलोचना
राजनीति, विश्व, समाचार

बिहान ३ बजे बैठक राखेपछि कर्मचारीलाई दुःख दिएको भन्दै जापानी प्रधानमन्त्री ताकाइचीको आलोचना

नेपालअखबार,काठमाडौं । जापानकी नयाँ प्रधानमन्त्री सनई ताकाइचीले बिहान ३ बजे बैठक राखेपछि उनको व्यापक विरोध भएको छ। गत महिना जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीलाई एकदमै धेरै काम गर्ने व्यक्तिका रूपमा चिनिन्छ। उनी दैनिक दुईदेखि चार घण्टा निदाए आफूलाई पुग्ने दाबी गर्छिन्। उनी सामाजिक भेलाहरूमा खासै सहभागी हुन्नन् र 'काम र जीवनको सन्तुलन' (वर्क लाइफ व्यालेन्स) हुनुपर्छ भन्ने अवधारणालाई खुलेरै अस्वीकार गर्छिन्। तर पनि केही दिन पहिले संसदमा उपस्थित हुनुअघि सहयोगीहरूसँग बैठक गर्न उनी निवासबाट बिहान ३ बजे निस्किएपछि आफू मातहतका कर्मचारीलाई धेरै दुःख दिएको भनेर उनको आलोचना भएको छ। जापानी मिडियाले 'बिहान ३ बजेको अध्ययन सत्र' नाम दिएको सो बैठकपछि उनको व्यापक विरोध भएको हो। जापानमा हालैका वर्षहरूमा अत्यधिक कामका कारण हुने मृत्युका (कारोशी) धेरै घटनाहरू भएकाले पनि ताकाइचीक...
ट्रम्पको गाजा योजनालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को समर्थन
राजनीति, विश्व, समाचार

ट्रम्पको गाजा योजनालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को समर्थन

नेपालअखबार,वासिङ्टन डीसी । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०–बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावको समर्थनमा मतदान गरेको छ । यो योजनाले अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आईएसएफ)को गठनको व्यवस्था गरेको छ । धेरै देशहरूले यस बललाई सहयोगको प्रस्ताव गरेको अमेरिकाको भनाइ छ । प्रस्तावको पक्षमा बेलायत, फ्रान्स र सोमालियासहित तेह्र देशहरूले मतदान गरेका छन् । यस प्रस्तावको विपक्षमा कसैले पनि मतदान गरेनन् । रुस र चीनले भने मतदान गरेनन् । प्रस्ताव पारित हुनु युद्धविरामलाई बलियो बनाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भनेका छन् । यसैबिच, प्यालेस्टिनीहरूको अधिकार र मागहरू पूरा गर्दैन भन्दै हमासले प्रस्तावलाई अस्वीकार गरेको छ । प्रस्ताव पारित भएपछि, हमासले टेलिग्राममा लेखेको छ, ‘यस योजनाले गाजा पट्टीमा ...
२०० बढी हमास लडाकू फसे गजाको भूमिगत सुरूङमा
राजनीति, विश्व, समाचार

२०० बढी हमास लडाकू फसे गजाको भूमिगत सुरूङमा

नेपालअखबार,काठमाडौं । गजामा इसराइली सेनाले नियन्त्रण कायम राखेको भूमिगत सूरूङमा एक महिनाभन्दा लामो समयदेखि हमासका लडाकू फसेको खुलेको छ। युद्धविराम भएयता पहेँलो नियन्त्रण रेखा कायम गरी  पूर्वमा इसराइली सेना र पश्चिममा हमासले आफ्नो नियन्त्रण कायम राखेका छन्। दुवै सेना एक अर्काको क्षेत्रमा प्रवेश गर्न पाउँदैनन्। इसराइली सेनाले नियन्त्रण कायम राखेको पूर्वी भूभागको भूमिगत सुरूङमा २०० भन्दा बढी हमास लडाकू फसेको खुलेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। हमासको केन्द्रीय कमाण्डबाट सम्पर्कविच्छेद भएका यो समूह युद्धविराम सुरू हुनुपूर्व नै त्यस क्षेत्रमा आफ्नो गतिविधि चलाइरहेका थिए। सुरूङबाहिर निस्किएको खण्डमा इसराइली सेनाबाट मारिन सक्ने खतरा छ। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नै यी लडाकुहरूलाई सुरुङबाट निस्केर हमास-नियन्त्रित क्षेत्रमा जान दिने मनशाय नरहेको स्पष्...
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
विश्व, समाचार, समाज

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

नेपालअखबार,संयुक्त राष्ट्रसंघ । गाजामा शुक्रबार परेको भारी वर्षापछि  हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ । वर्षाले परिवारका व्यक्तिगत सामग्रीहरूमा क्षति पुर्‍याएको र धेरैलाई खुला आकाशमा जाडो मौसमसँग जुध्नु परेको छ । यसले वृद्ध, अशक्त र अन्य संवेदनशील समूहमा स्वास्थ्य र सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ । राहत कार्यमा संलग्न संस्थाहरूले बाढी नियन्त्रणका उपकरणहरू उपलब्ध नभएको जनाएको छ । पानी निकाल्ने, फोहोर र भग्नावशेष हटाउने साधन नहुँदा राहत कार्यमा समस्या परेको छ । लाखौं आवश्यक सामग्रीहरू अन्य देशमा रोकिएका छन् र गाजामा ल्याउन अनुमति पर्खिनुपर्ने स्थिति छ । युद्धविरामपछि आवश्यक राहत ल्याउन धेरै प्रयास अस्वीकृत भएका छन् । राहत साझेदारहरूले डेर अल–बालाह र ...
ट्रम्पले भने-प्यानोरामा एडिटमा बीबीसीविरूद्ध मुद्दा हाल्छु
राजनीति, विश्व, समाचार

ट्रम्पले भने-प्यानोरामा एडिटमा बीबीसीविरूद्ध मुद्दा हाल्छु

नेपालअखबार,काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीले प्यानोरामा एडिट मामिलामा माफी मागेपछि पनि कानुनी प्रक्रियामा जाने भएका छन् । शुक्रबार बेलुका पत्रकारहरूसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गरिने बताएका छन् । यस विषयमा हप्तान्तमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गर्ने ट्रम्पको तयारी छ । शुक्रबार बीबीसीले बयान जारी गर्दै ६ जनवरी २०२१ को भाषण सम्पादन (एडिट) बाट ट्रम्पले हिंस्रक कारबाहीका लागि अपिल गरेको गलत धारणा बनेको प्रतिक्रिया दिएका थियो । बीबीसीले माफी माग्दै संस्थाले कुनै पनि वित्तीय मुआब्जा नदिने पनि प्रष्टीकरण दिएका थियो । यसै साताको सुरूवातमा ट्रम्पका वकिलहरूले बीबीसीलेमाफी मागेर मुआब्जा नदिए एक अर्ब डलर बराबरको क्षतिपूर्तिका लागि मुद्दा दायर गर्ने चेतावनी दिएका थिए । त्यसपछि गत साता ...
भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग
राजनीति, विश्व, समाचार

भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग

नेपालअखबार,ढाका । बंगलादेशको विदेश मन्त्रालयले पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतीय मिडियामा आएको अन्तर्वार्तालाई लिएर ढाकास्थित भारतीय उपउच्चायुक्त पवन बदेहलाई स्पष्टीकरणका लागि बोलाएको छ। बीबीसी बंगला सेवाका अनुसार बंगलादेशले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको हो। बंगलादेशमा आफ्नो सरकार ढलेपछि शेख हसिना हाल भारतमा बसिरहेकी छन्। बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसले बुधबार साँझ एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै यस खबरको पुष्टि गरेको छ। बीएसएसका अनुसार, बंगलादेशको विदेश मन्त्रालयले भनेको छ, ‘मानवता विरुद्धको अपराधमा मुद्दा खेपिरहेकी एक अभियुक्तलाई शरण दिनु र उनलाई बंगलादेशविरोधी बयान दिन तथा देशमा आतङ्कवादी गतिविधिहरूलाई भड्काउन अनुमति दिनु दुई देशबिचको द्विपक्षीय सम्बन्धका लागि उचित छैन।’ बंगलादेशले भारतीय कूटनीतिज्ञलाई शेख हसिनाको मिडिया पहुँचलाई तुरुन्तै रोक्न भनेको छ। ग...
४१ दिनको अवरोधपछि अमेरिकी सरकारलाई बजेट
राजनीति, विश्व, समाचार

४१ दिनको अवरोधपछि अमेरिकी सरकारलाई बजेट

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकाको सिनेटले एउटा महत्त्वपूर्ण बजेट विधेयक पारित गरेको छ, जसले इतिहासकै सबैभन्दा लामो सरकारी काम बन्द (सटडाउन) लाई केही दिनभित्रै अन्त्य गर्न सक्नेछ। सोमबार अबेर राति भएको मतदानमा यो विधेयक ६०-४० मतले पारित भयो। लगभग सबै रिपब्लिकनहरूले यसको पक्षमा मतदान गरे, भने आठ जना डेमोक्र्याट सिनेटरहरूले पनि पार्टीको लाइनबाट अलग भई रिपब्लिकनलाई साथ दिए। यो सम्झौताले आगामी जनवरीको अन्त्यसम्मका लागि सरकारलाई आवश्यक बजेट उपलब्ध गराउनेछ। अब यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुअघि प्रतिनिधि सभाबाट पारित हुनुपर्छ। राष्ट्रपति ट्रम्पले सोमबार यसमा हस्ताक्षर गर्न आफू तयार रहेको सङ्केत दिएका थिए। यो सम्झौता सप्ताहान्तमा टुङ्गिएको थियो, जब ती आठ डेमोक्र्याटहरू रिपब्लिकनहरूसँग मिलेर सङ्घीय कर्मचारीहरूलाई काममा फर्काउन र अत्यावश्यक सेवाहरू पुनः सञ्चालन गर्न...
अमेरिकामा एकै दिन १४ सयभन्दा बढी उडान रद्द, अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित
विश्व, समाचार

अमेरिकामा एकै दिन १४ सयभन्दा बढी उडान रद्द, अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित

नेपालअखबार, काठमाडौँ । अमेरिकामा शनिबार १ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्। रद्द हुनेमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान दुवै छन्। त्यसै दिन ६ हजारभन्दा बढी उडान ढिला भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। शुक्रबार ढिला भएका उडान संख्या ७ हजार थियो। उडान कटौती र ढिलाइले विभिन्न मुलुकबाट अमेरिका जाने वा अमेरिकाबाट विभिन्न मुलुक जाने यात्रु प्रभावित भएका छन्। अमेरिकी संसदले बजेट पारित गर्न नसकेपछि सरकारले आफ्ना धेरै सेवा र कार्यक्रम अस्थायी रूपमा रोकेको छ। त्यही क्रममा वायुसेवा कम्पनीहरूलाई पनि संघीय सरकारले उडान कटौती गर्न भनेको हो। बिबिसीका अनुसार बजेट रोक्काका कारण अमेरिकी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर तलबबिना काम गर्नुपरेकाले देशका ४० व्यस्त विमानस्थलमा उडान क्षमता १० प्रतिशतसम्म घटाइएको छ। अमेरिकाको संघीय नागरिक उड्डयन प्रशासनले आगामी दिनमा उडान कटौत...
एन्टार्कटिकाको पतन अपरिवर्तनीय हुन सक्छ, वैज्ञानिकहरूले दिए चेतावनी
विश्व, समाचार

एन्टार्कटिकाको पतन अपरिवर्तनीय हुन सक्छ, वैज्ञानिकहरूले दिए चेतावनी

नेपालअखबार, सिड्सी । अन्टार्कटिकाको बरफ, महासागर र पारिस्थितिक प्रणालीमा अचानक र सम्भवतः फर्काउन नसकिने (अपरिवर्तनीय) परिवर्तनको सम्भावना छ। यदि विश्वव्यापी रूपमा कार्बन उत्सर्जनमा तीव्र कटौती नगरिएमा, यी रूपान्तरणहरूले महादेशका लागि मात्र नभई अस्ट्रेलिया र बाँकी ग्रहका लागि पनि गम्भीर प्रभाव पार्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । यो चेतावनी अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) र युनिभर्सिटी अफ न्यू साउथ वेल्स (यूएनएसडब्लू) का वैज्ञानिकहरू, साथै अस्ट्रेलियाका सबै प्रमुख अन्टार्कटिक विज्ञान संस्थाहरूका अनुसन्धानकर्ताहरूले नेचर जर्नलमा प्रकाशित नयाँ अनुसन्धानबाट आएको हो। टोलीले अन्टार्कटिकाभरि एकै पटक धेरै ठूला-ठूला परिवर्तनहरू भइरहेको र यी प्रक्रियाहरू एकआपसमा अन्तर्सम्बन्धित पाएको छ, जसले जलवायु प्रणाली, समुद्री सतह र पारिस्थितिक प्रणालीमा विश्वव्यापी दबाब बढाएको छ। पश्चिमी ...
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
राजनीति, विश्व, समाचार

इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

नेपालअखबार,काठमाडौं । टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो । टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको उल्लेख छ । तर, पूरै सूची भने जारी गरिएको छैन । बीबीसीका अनुसार वारेन्ट जारी हुनेमा इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समावेश छ । टर्कियेले उनीहरूमाथि ‘जनसंहार र मानवताविरूद्ध अपराध’ गरेको आरोप लगाएको छ । टर्कियेले भनेको छ- इजरायलले गाजामा ‘व्यवस्थित तरिकाले जनसंहार’ ग...