त्रिवि एमबिएसको प्रश्नपत्र आउट परीक्षा सुरू भएको केही मिनेटमै
नेपालअखबार,काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र बाहिरिएको खुलेको छ।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको खुलेको हो।
‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको खुलेको हो।
केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज 'टियु स्टुडेन्ट्स'ले त्रिविको ध्यानाकर्षण गराएको थियो।
उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो।
‘प्राप्त जानकारीअनुसार परीक्षा मध्याह्न १२ बजे सुरू भएको थियो। तर, करिब १२:०५ बजेतिर नै परीक्षा प्रश्नपत्रहरू विभिन्न ह्वाट्सएप समूहमा साझा भएको दाबी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता...








