कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा
नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले गोरखापत्रमा सूचना प्रकाशित गरेर कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ ।
सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ ।
अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ ।
तर, अनिवार्य अंगे्रजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ ।
बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन (३ स...









