Saturday, April 18

शिक्षा

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा
विदेश, शिक्षा, समाचार, समाज

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा

नेपालअखबार,काठमाडौं । मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ। विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ। अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई सय पटक उठबसको सजा दिएकी थिइन्। त्यही सजाय पाएपछि ती छात्राको अवस्था बिग्रँदै गएर नोभेम्बर १४ को रात जेजे अस्पतालमा मृत्यु भएको बिबिसीले जनाएको छ। मृत छात्रा वसई पूर्वको सातीवली क्षेत्रको एक विद्यालयमा कक्षा ६ मा पढ्थिन्। विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययन गर्छन्। नोभेम्बर ८ को बिहान करिब ५० विद्यार्थी ढिला आएका थिए, जसमा ती छात्रा पनि थिइन्। केही विद्यार्थीले झोला काँधमै राखेर उठबस गरेका थिए। त्यस दिन विद्यालयबाट घर फर्किएपछि ती छात्राको अवस्...
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो। बोर्डका अनुसार परीक्षामा सहभागी  १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यसअनुसार ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। ४ परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको छ। ९७१०१०७०, ९७१०११२८, ९७१०२७१६ र ९७१०४०९९ सिम्बोल नम्बर भएका परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएङ्को छ। बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। एसएमएसबाट नतिजा थाहा पाउन नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर उल्लेख गरी १६०० मा पठा...
आधारभूत विद्यालयमा आगलागी, दुईतले भवन जलेर नष्ट
शिक्षा, समाचार, समाज

आधारभूत विद्यालयमा आगलागी, दुईतले भवन जलेर नष्ट

नेपालअखबार,हुम्ला। हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ। अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा बुधबार राति ८ बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले–दुईकोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो। कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए। कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफासेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीनवटा मादल, हार्मानियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुईवटा प्रिन्टर, अत्यावश्यक कागजातलगायत सामग्री नष्ट भएका उनले शिक्षक नन्द फडेराले बताए। आगलागीको कारण भने खुल्न सकेको छैन आगलागी भएको समयमा कार्यालय कोठाको ढोकाको ताल्चासमेत नलगाई ह्यान्डिल मात्र लागेकाले घटना संकास्पद रहेको विद्यालयका श...
कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

नेपालअखबार,काठमाडौँ । कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गोरखापत्रमार्फत सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। बोर्डका अनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै ग्रेड वृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामा३ हजार ५४० जना उत्तीर्ण भएका छन्। यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ। त्यस्तै ठूलो अक्षरमा नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ। त्यसका लागि ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखेर एसएमएस ...
शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी
राजनीति, शिक्षा, समाचार

शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

नेपालअखबार,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडवाडको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार फेसबुकमा स्ट्याटस लेखेर मन्त्री पुनले चाडवाडमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरिदिएको भन्ने गुनासो आएको बताउँदै आइतबारभित्र तलब निकासा गर्न चेतावनी दिएका हुन्। उनले मन्त्रालयले शिक्षकहरूको तलब निकासा गरिसकेको पनि बताएका छन्। ‘शिक्षा मन्त्रालय बाट तलब पहिले नै विद्यालयहरुमा पठाइसकिएको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,’ उनले लेखेका छन्।...
इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा  स्मल हेवेन एकेडेमीका शिक्षककाे याे लिलाकाे पर्दाफास
शिक्षा, समाचार, समाज

इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा स्मल हेवेन एकेडेमीका शिक्षककाे याे लिलाकाे पर्दाफास

नेपालअखबार,इनरुवा, । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ बढीस्थ रहेको स्मल हेभेन एकेडेमीका कक्षा १२ का समन्वयक तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अंग देखाएको आरोप लागेका छन्। घटना बाहिरिएपछि विद्यार्थी र स्थानीय युवा–समुदायले कडा प्रतिक्रिया जनाएका छन्। घटना अनुसार, पिडित छात्राले बताएकोमा मिश्रले मोबाइलमार्फत अश्लील सामग्री तथा संदेश पठाउँदै पार्टी रुममा बोलाएर भिडियो कलमा अचानक आफ्नो गोप्य अंग देखाएका थिए। घटना देखिन थालेपछि उक्त छात्राले अन्यलाई ब्लक गर्ने गरेको तर अर्को नम्बरबाट फेरि सम्पर्क गरेर डराएर सहम बनाउने प्रयास गरेको पिडितले दावी गरेका छन्। यो समाचार फैलिएपछि जेन–जी पुस्ताका विद्यार्थी र युवाहरू कलेज पुगेर सत्यतथ्य बुझ्न खोज्दा शिक्षक मिश्रले उल्टै धाकधम्की र दुर्व्यवहार गरे। त्यसबेलै कलेजभित्रै विद्यार्थी–समूहले उनलाई कुटपिट गरेका थ...
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते
शिक्षा, समाचार

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो। बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ। त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड...
त्रिविको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द
शिक्षा, समाचार, समाज

त्रिविको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द

नेपालअखबार, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द गरिएको छ। त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले आज सूचना जारी गर्दै पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ। रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण  हिउँदे बिदाबाट कटौती गर्ने गरी बिदा मिलाएको जनाए। सूचनामा भनिएको छ,'२०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ।'...
आन्दोलनलाई थप सशक्त बनाउने निजी विद्यालय सञ्चालकहरूको घोषणा
शिक्षा, समाचार, समाज

आन्दोलनलाई थप सशक्त बनाउने निजी विद्यालय सञ्चालकहरूको घोषणा

नेपालअखबार,काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरू आफ्नो हितविपरीत रहेको भन्दै विरोधमा उत्रिएका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन, र एनएमएलगायतका संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उनीहरूले विधेयकमा रहेका केही प्रावधानले निजी विद्यालयको अस्तित्व र योगदानमाथि गम्भीर असर पार्ने दाबी गरेका छन्। यो आन्दोलनका प्रमुख मागहरूमा कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई 'गैर-नाफामूलक' बनाउने प्रावधान हटाउनुपर्ने, "पूर्ण छात्रवृत्ति" भन्ने शब्दलाई खारेज गर्नुपर्ने र विद्यालयले प्रदान गर्ने पोसाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, तथा खाजाजस्ता सेवाहरूमा लगाइएको प्रतिबन्ध फिर्ता लिनुपर्ने रहेका छन्। साथै, उनीहरूले छात्रवृत्ति वितरणको अधिकार विद्यालयलाई नै दिनुपर्ने र विश्वविद्याल...
कालिका माविको अध्यक्षमा मोहन थापा
शिक्षा, समाचार, समाज

कालिका माविको अध्यक्षमा मोहन थापा

नेपालअखबार,पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् । गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् । समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक रहेका छन् । सोही बैठकबाट पोखरा महानगरपालिका, शिक्षा नियमावलीको नियम २९ (ङ) बमोजिम स्थानीय बुद्धिजीवी, चन्दादातामध्येबाट लोकनाथ पौडेललाई सदस्यका रूपमा मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र ...