Saturday, April 18

शिक्षा

हैजाको प्रकोप नियन्त्रणमा नआएपछि वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
शिक्षा, समाचार

हैजाको प्रकोप नियन्त्रणमा नआएपछि वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

नेपालअखबार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि विद्यालयहरू थप तीन दिनका लागि बन्द हुने भएका छन्। महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले भोलि आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो। यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ गतेसम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो। तर हैजाको सङ्क्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै  विद्यालय बन्दको अवधि थपिएको हो। महानगरले बन्द अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्यांकी सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ। यस्तै, हैजा नियन्त्रणका लागि महानगरले विभिन्न कदम चालेको छ। स्ट्रिट...
माग सुनुवाइ नभए माग सुनुवाइ नभए अनिश्चितकाल निजी विद्यालय सञ्चालकहरूको चेतावनी
शिक्षा, समाचार

माग सुनुवाइ नभए माग सुनुवाइ नभए अनिश्चितकाल निजी विद्यालय सञ्चालकहरूको चेतावनी

नेपालअखबार,काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूको छाता संस्था प्याब्सन लगायतले आफूहरूले राखेका माग सुनुवाइ नभए अनिश्चितकाल विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय शिक्षा विधेयकमा रहेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडक आन्दोलनमा छन्। विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पेस भइसकेको छ। निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा रहेको निजी विद्यालय गैरनाफामूलक बनाउँदै जाने र विद्यार्थी संख्याका आधारमा १० देखि १५ प्रतिशतसम्म विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने दुई मुख्य विषयको विरोध गर्दै आन्दोलन गर्दै आइरहेका छन्। थप आन्दोलन घोषणा गर्दै निजी विद्यालय सञ्चालकहरूले भदौ १८ गतेसम्म पनि सरकारले माग सुनुवाइ नगरे अनिश्चितकाल विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्। ‘भद...
शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम
शिक्षा, समाचार, समाज

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

नेपालअखबार,काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । । भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका नेताहरुले बताएक...
शिक्षा समिति सभापतिलाई विद्यार्थीको ज्ञापन : खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्छ
राजनीति, शिक्षा, समाचार

शिक्षा समिति सभापतिलाई विद्यार्थीको ज्ञापन : खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्छ

नेपालअखबार,काठमाडौं । विद्यालय शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्ने व्यवस्था समेट्नुपर्ने माग राखेर १६ विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन् । १६ विद्यार्थी संगठनहरूले सोमबार संयुक्त रूपमा समितिका सभापति अम्मरबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘शिक्षा ऐन २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्ने संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित नि...
इन्जिनियरिंग पढ्न इच्छा राख्ने विद्यार्थी भन्छन्, टाढा होस् तर नेक नै होस्
शिक्षा, समाचार

इन्जिनियरिंग पढ्न इच्छा राख्ने विद्यार्थी भन्छन्, टाढा होस् तर नेक नै होस्

नेपालअखबार,काठमाडौं । नेपालीमा एउटा उखान छ, ढिला होस् तर छोरा नै होस् । यस्तै इच्छा शनिबार नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायणमा स्नातक तहको इन्जिनियरिंग अध्ययनका लागि प्रवेश परीक्षा दिन आएका विद्यार्थीले गरेका छन् । उनीहरु टाढा होस् तर नेपाल इन्जिनियरिंग कलेजमै पढ्न पाओस् भन्न इच्छा राखेका हुन् । नेपाल इन्जिनियरिंग कलेज (नेक) भौगोलिक हिसावले टाढा नै छ । काठमाडौं उपत्यकाको एउटा कुनामा छ यो कलेज । भक्तपुरस्थित चाँंगुनारायण नगरपालिका दुवाकोटमा छ यो कलेज । काठमाडौंबाट झण्डै १०।१५ किलोमिटरको दुरीमा यो कलेज रहेको छ । यसो भए पनि यति टाढाको कलेजमा पढ्न भनेर इच्छा राखेर शनिबार प्रवेश परीक्षा दिन आउनेहरुको भीड नै लाग्यो । हामीकहाँं पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी पढ्न आउँंछन्, कलेजका प्राचार्य सहप्रध्यापक दुर्गाप्रसाद भण्डारी भन्छन् । पुल्चोक इन्जिनियरिंग क्याम्प...
कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने
कृषि, शिक्षा, समाचार

कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने

नेपालअखबार,चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीका व्यवसायिक योजनामा लगानी गर्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशील बनाउने उद्देश्यले उनीहरुबाट प्रस्तावित व्यवसायिक योजनामा लगानी गर्ने भएको हो । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विद्यार्थीहरूबाट २०८२ असोज ५ गतेभित्र व्यवसायिक कार्ययोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईका अनुसार विश्वविद्यालयले ‘एएफयू व्यवसाय इन्क्युबेसन समर्थन कार्यक्रम’को नाममा विद्यार्थीहरुका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने जानकारी दिए । ‘विद्यार्थीहरूबाट आउने व्यवसायिक योजनाहरू हेरेर प्रतिव्यवसाय ५ लाख रुपैयाँ लगानी गर्छौं,’ निर्देशक प्रा.डा.भट्टराईले भने, ‘कृषि संकाय, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य संकाय र वन संकायमा स्न...
नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या डा. अलाउद्दीन अन्सारी फलाही गर्नु भयाे । डा. अन्सारी फलाही  भन्नु हुन्छ  नेपालीमा  कुरआनको अनुवाद गर्नको लागि प्रेण अध्ययनको क्रममा पाकिस्तान रहदा साथीभाइले के नेपाली भाषामा पनि कसैले कुरआन अुवादन गरेको छ ? भन्ने प्रश्नको उत्तर दिदै गर्दा डा. अन्सारी फलाहीले कुरआन लेख्ने  तैयारी गर्नु भएको  थियाे । नेपाली समुदायलाई अबिक भाषामा लेखिएको कुरआनको अर्थ र त्यसका  श्लोकहरुको परिभाषा जान्न  मनमा उत्सुकता रहेको छ भने  नेपाली सरल भाषामा अनुवाद कुरआन प्रकाशि भइ सकेको छ । डा. अलाउद्दीन अन्सारी फलाहीको स्थायी घर हरिनगर गाउँ पालीका वडा न ७, घुस्की सुनसरी कोशी प्रदेश रहेता पनि विगत केहि वर्ष यता देखि काठमाडौं बालुवाटारमा आस्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ । उहाँले गाउँको सानो मक्तबमा दूइ वर्ष अध्ययन गर्नु भयो । मद्रसतुल इस्लाह रामनगर भुटाहा सुनसरीमा कक्षा ...
माग सम्बोधन नभए साउन २९ देखि आन्दोलन गर्ने प्याब्सनको चेतावनी
शिक्षा, समाचार, समाज

माग सम्बोधन नभए साउन २९ देखि आन्दोलन गर्ने प्याब्सनको चेतावनी

नेपालअखबार,काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले पूर्ण छात्रवृत्ति भन्ने शब्द विधेयकबाट हटाइनुपर्ने बताएका छन् । हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने उनीहरूको माग छ । छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने प्याब्सनले माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन केन्द्रीय कार्यसमिति महासचिव आरबी कटुवालले साउन २८ गतेभित्र आफूहरूका मागहरू सम्बोधन गरी विधेयकमा संशोधन नगरे आगामी साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन...
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक
शिक्षा, समाचार, समाज

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

नेपालअखबार, पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रिया समेत थालिएको छैन । जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ । यसैगरी फलेवास नगर पालिकामा छ वटा सामुदायिक विद्यालयमा...
कक्षा १२ को नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्  भने  ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्।  गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए। कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ ।...