Tuesday, July 14

समाचार

कुखुरामा देखिन थाल्यो ‘फाउल पोक्स’को संक्रमण, के हो यो?
कर्पोरेट, कृषि, समाचार, स्वास्थ्य

कुखुरामा देखिन थाल्यो ‘फाउल पोक्स’को संक्रमण, के हो यो?

नेपालअखबार,कञ्चनपुर।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको संक्रमण देखिएको छ। नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको संक्रमण पुष्टि भएको हो । नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने संक्रामक भाइरल रोग हो। यसलाई एभिन पोक्स पनि भनिन्छ । संक्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखापर्ने उनले बताए। केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने शाखा प्रमुख भट्टले बताए। सो रोग संक्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग...
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
प्रशासन, समाचार, समाज

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

नेपालअखबार,काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ घर भई हाल काठमाडौँ-३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनले भने, “पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै रु १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै रु १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै रु ११ लाख १४ हजार ५०० सय लिई विदेश नपठाएर सम्पर्कविहीन भएका उजुरीको आधारमा पक्राउ गरिएको हो ।”पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथ...
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
प्रशासन, समाचार

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

नेपालअखबार,काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणित गर्नेछ। कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्ताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने छ। उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर...
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
समाचार, समाज

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

नेपालअखबार,मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो । उनीसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सवस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गरे । भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स-भिसान जेभीले रु ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमल...
काठमाडौंका २९ विद्यालयले राखे नेपालीपन झल्किने नाम
प्रशासन, शिक्षा, समाचार

काठमाडौंका २९ विद्यालयले राखे नेपालीपन झल्किने नाम

नेपालअखबार,काठमाडाैँ । यस वर्ष काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन्। गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ। हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा,  वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्था ७८४ विद्यालय रहेको कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए। त्यसैगरी, कामपाले आफ्नोमातहतका विद्यालयबाट शैक्षिकसत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्रादान गरेको पनि जानकारी दिएको छ। कामपाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्र...
हुम्लामा जंगल क्षेत्रमा ३५ भेँडा मरे
समाचार, समाज

हुम्लामा जंगल क्षेत्रमा ३५ भेँडा मरे

नेपालअखबार,हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–१ काडाँगाउँको लामासैना लेकमा चराउन लगिएका ३५ भेँडा मरेका छन् । लामासैना जंगल क्षेत्रमा भेँडाहरु मरेका ताजाँकोट गाउँपालिका–१ बिरबल खड्काले जानकारी दिए । उनका अनुसार ताजाँकोट–१ कै सीपी रिठालका भेँडा पनि मरेका छन् । भेँडा मर्नुको कारण खुलेको छैन । तर विषालु खानेकुरा खाएर मरेको स्थानीयको अनुमान छ । भेँडा मर्दा लाखौंको क्षति भएको रिठालले बताए ।...
एमाले केन्द्रीय सदस्यमा आए ४० वर्ष मुनिका यी १५ युवा
राजनीति, समाचार

एमाले केन्द्रीय सदस्यमा आए ४० वर्ष मुनिका यी १५ युवा

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यको निर्क्याैल भएको छ । खुला, प्रदेश, समावेशी क्लस्टरबाट समेत गरी ती सदस्यको निर्क्याैल भएको हो । सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार खुल्लातर्फ २ जना, भूगोलबाट ८ जना, तथा समावेशी अन्तर्गत आदिवासी जनजातीतर्फ २ जना, मधेसीबाट ३ जना र दलितबाट २ जना गरी सो सङ्ख्यामा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व भएको हो । पार्टीको विधानमै व्यवस्था गरेर एमालेले यसपटक युवा क्लस्टर (४० वर्ष मुनि) का लागि सिट सुरक्षित गरेको थियो । जसमा केही निर्विरोध निर्वाचित भएका छन् भने केही लोकप्रिय मतसहित विजयी भएका छन् । केन्द्रीय सदस्यको खुल्ला युवा तर्फको दुई सिटमा नरेश रोकाया र सुशील कुमार थापा निर्विरोध निर्वाचित भएका छन् । उनीहरूले मतदान प्रक्रियामा समावेश नै नभई केन्द्रीय सदस्य बनेका ...
प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव : घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु
राजनीति, समाचार

प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव : घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु

नेपालअखबार,काठमाडाैँ । जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन् । बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले जेनजी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरिन् । उनले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिन् । उनले सरकारले सम्झौताको नाममा काठमाडाैँ केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेनजी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाइन् । उनले भनिन्, ‘म प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने तपाईसँग जेन–जीका माग र ...
छविलाल जोशीले जमानत बुझाए
समाचार, समाज

छविलाल जोशीले जमानत बुझाए

नेपालअखबार,काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वडिआइजी छविलाल जोशीलाई पनि आफ्नो बिगो बराबरको धरौटी बुझाए छाड्न आदेश गरेको छ। बिहीबार अदालतका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई छाड्न आदेश दिएको हो। रवि लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको रकम बुझाएर छुटिपाउन अनुरोध गरेका थिए। छविलालले पनि सोही प्रकृतिअनुसार निवेदन दिएका थिए। तर उनले रकम भने तोकेका थिएनन्। त्यसकारण उनले जिल्ला अदालत रूपन्देहीमा आफ्नो भागमा पर्ने बिगोको जमानत बुझाएर छुटिपाउन माग गर्नुपर्ने रजिस्ट्रार अमित उप्रेतीले बताए। ‘छविलाल जोशीको हकमा पनि सोही प्रकृतिको आदेश भएको हो। तर उहाँले बिगो बमोजिम आफ्नो भागमा पर्ने रकम किटान गर्नुभएको थिएन,’ उनले भने, ‘उहाँको त...
सरकारका क्रियाकलाप जेनजी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन् : लेनिन विष्ट
राजनीति, समाचार

सरकारका क्रियाकलाप जेनजी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन् : लेनिन विष्ट

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधि लेनिन विष्टले वर्तमान सरकारका गतिविधिहरू आन्दोलनको भावना र यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘जेनजी आन्दोलनको एक सय दिन: उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली क्रान्तिकारी हुन नसकेको टिप्पणी गरे। विष्टले जेनजी आन्दोलनभित्र ३० देखि ४० वटा विभिन्न समूहहरू सक्रिय रहेको जानकारी दिँदै सबैलाई एउटै छातामुनि समेट्न नसकिएको यथार्थ समेत स्वीकार गरे। आन्दोलनकारीहरूलाई 'सडक पक्ष' र 'सरकार पक्ष' भनेर वर्गीकरण गर्ने गरिएको चर्चा गर्दै उनले सडकमा रहेका युवा पुस्ताले अझै न्याय पाउन नसकेको गुनासो गरे। मन्त्रिपरिषद् गठन, विभिन्न नियुक्ति प्रक्रिया र सरकारका हालैका क्रियाकलापहरूले आन्दोलनको मर्मलाई सम्बोधन गर्न नसकेको उनको दाबी छ। विष्टले अहिलेको जटिल राजनीतिक परिस्थि...