Tuesday, July 14

समाचार

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा सुनुवाइ हुँदै
प्रशासन, समाचार

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेस गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको हो । अघिल्लो संसदले पठाएको विधेयक प्रमाणीकरण नभई थन्किएको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सो विवाद सर्वोच्चमा पुगेको हो । संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन् । त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो । अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि सो विधेयक गैरसंवैधानिक हु...
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
कर्पोरेट, कृषि, समाचार

जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम

नेपालअखबार,जुम्ला । जुम्लामा यस वर्ष ४१ करोड बढीको च्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो सातासम्म ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँको स्याउ निर्यात भएको हो । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पाँच हजार ५९१ मेट्रिकटन स्याउ निर्यात भएको छ । यसपटक जुम्लाको स्थानीय स्याउ बगैँचाबाटै प्रतिकेजी ५० देखि ६५ रुपैयाँमा बिक्री भएको छ । केही पालिकाका बगैँचामा ७० रुपैयाँमा पनि बिक्री भएको कार्यालयले जनाएको छ । इटालियन फुजी स्याउ १७५ रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भएको छ । कार्यालयका अनुसार यस वर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम ४४१५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ । नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला बाहिर गएको छ । यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात २६४८...
निर्वाचन आयोगले भन्याे– निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो
प्रशासन, समाचार

निर्वाचन आयोगले भन्याे– निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो

नेपालअखबार,काठमाडौँ। निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भने, “राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोगले शून्यबाट उठेर काम सुरु गरेकामा हालसम्म करिब ७० प्रतिशत काम भएको छ । निर्वाचनको वातावरण बनिरहेको छ । निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा हामी लागिरहेका छौँ ।” उनले निर्वाचनको लागि संविधान, ऐन/कानुन पुरानो भएको र प्रविधि र केही पद्धति परिवर...
एमाले महाधिवेशन भोलि बिहान ८ बजेबाट हुने
राजनीति, समाचार

एमाले महाधिवेशन भोलि बिहान ८ बजेबाट हुने

नेपालअखबार,काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’...
पुस १३ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुने
पर्यटन, समाचार

पुस १३ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुने

नेपालअखबार,काठमाडौं । चितवनको सौराहामा १९औं हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १३ गतेसम्म हुने महोत्सवमा हात्तीको शोभायात्रासहित विभिन्न प्रतियोगिता हुनेछन् । हात्ती महोत्सवले पर्यटकीय क्षेत्र चितवनको पर्यटकीय गतिविधिमा सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी गराइने हात्तीलाई जिम्मेवार व्यवहारका लागि आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज र पशु चिकित्सकहरुको सहकार्यमा कडा मापदण्ड लागु गरिने जनाइएको छ । महोत्सवमा धारिलो र हानिकारक उपकरणको प्रयोग पूर्णरुपमा निषेध गरिने आयोजकले बताएको छ । प्रतियोगिता अघि र पछि सबै हात्तीको स्वास्थ्य परीक्षणले पशु चिकित्सकहरुले गर्नेछन् । करिब ८० वटा हात्तीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइनेछ । जसमा हात्तीको शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको श्रृंगार प्रतियो...
ब्राजिलमा शक्तिशाली आँधी, ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढल्यो
विश्व, समाचार

ब्राजिलमा शक्तिशाली आँधी, ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढल्यो

नेपालअखबार,काठमाडौं । ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको थियो । स्ट्याच्यु अफ लिबर्टीको यो प्रतिकृति हावन कम्पनीको ठूलो रिटेल स्टोरको पार्किङ स्थलमा फास्ट–फुड आउटलेट नजिकै निर्माण गरिएको थियो । हावन कम्पनीका अनुसार यो मूर्तिको कुल उचाइ ११४ फिट थियो, जसमा ७८ फिट भाग भाँचिएको छ भने मूर्ति राखिएको ३६ फिट अग्लो आधारमा कुनै क्षति पुगेको छैन । ब्राजिलमा रहेको यो स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति पार्किङ क्षेत्रको शोभा मानिन्थ्यो । आँधीका कारण करिब ७ तले घरको उचाइ बराबरको यो मूर्ति ढलेर टुक्रा–टुक...
मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल
राजनीति, समाचार

मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । निर्वाचन आयोगसँग मंगलबार भएको छलफलमा उहाँले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्वमा परिणत हुँदै गएको बताए । मन्त्री खरेलले भने, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।” निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उहाँले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख गरे। “निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा हुनुहुन्छ । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए प्रधानमन्त्रीसमक्ष शपथ
प्रशासन, समाचार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए प्रधानमन्त्रीसमक्ष शपथ

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा. श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् । कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो । शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । उनले मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकाङ्क्षाबमोजिम योजनाको तयारी गर्न निर्देशन दिइन् । “हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ, मुलुकको पर...
माथिल्लो अरुण आयोजना निर्माणका लागि काटियो दुई हजार बढी रुख
समाचार, समाज

माथिल्लो अरुण आयोजना निर्माणका लागि काटियो दुई हजार बढी रुख

नेपालअखबार,सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी चन्द्रलाल राईले बताए । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन र भोटखोला– २ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलको रुख कटान गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राईले जानकारी दिए । उक्त आयोजनाले २५ बर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ । यो सँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्गको काम द्रूत गतिमा अघि बढेको छ । ...
सशस्त्रका ३ जना एआईजीको सरुवा
प्रशासन, समाचार

सशस्त्रका ३ जना एआईजीको सरुवा

नेपालअखबार, काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो । मानवश्रोत विकाश विभागमा नारायणदत्त पौडेललाई सरुवा गरिएको छ । सीमा सुरक्षा विभागमा बंशीराज दाहाल र कार्य विभागमा गणेश ठाडा मगरलाई सरुवा गरिएको छ । यसअघि पौडेल कार्य विभाग, दाहाल मानवश्रोत र ठाडा मगर सीमा सुरक्षा विभागमा कार्यरत थिए ।...