Monday, October 26

समाचार

हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्‍यो अस्वीकार
राजनीति, विश्व, समाचार

हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्‍यो अस्वीकार

नेपालअखबार, काठमाडौं । टर्कीले इरानसमर्थित हूथी विद्रोहीविरुद्ध हुने कुनै पनि सैन्य संघर्षमा सहभागी नहुने स्पष्ट पारेको छ । साउदी अरब र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता गरेको टर्कीले साउदीमाथि आक्रमण गरिरहेका हूथी विद्रोहीविरुद्ध लड्न अस्वीकार गरेको हो । टर्कीका रक्षामन्त्री याशर गुलेरले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा हूथी विद्रोहीसँग कुनै पनि प्रकारको संघर्षमा सहभागी हुने योजना नरहेको बताएका छन् । उनले साउदी अरबलाई टर्कीले दिन सक्ने सम्भावित सैन्य सहयोगको मुख्य उद्देश्य प्रतिरोधात्मक क्षमता बलियो बनाउनु हुने बताए । टर्की, साउदी अरब र पाकिस्तानबीच गत अगस्टमा ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर भएको थियो । उक्त सम्झौता अनुमोदनका लागि यसै साता टर्कीको संसद्मा पेस गरिएको छ । सम्झौताका प्रावधानअनुसार तीन देशमध्ये कुनै एकमाथि आक्रमण भए त्यसलाई तीनवटै देशमाथि भएको...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड
राजनीति, समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

नेपालअखबार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाएको उनको सचिवालयले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा भएको बताइन् । उनले भनिन्, “यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबी...
बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान
समाचार, समाज

बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

नेपालअखबार, म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्याएको हो । बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिए। उनका अनुसार बेनीदेखि मंगला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक स...
युरोप न्यून ग्यास भण्डारसहित जाडोमा प्रवेश गर्दै
विश्व, समाचार

युरोप न्यून ग्यास भण्डारसहित जाडोमा प्रवेश गर्दै

नेपालअखबार, बर्लिन  । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले युरोप ऐतिहासिक रूपमा न्यून प्राकृतिक ग्यास भण्डारसहित जाडोयाममा प्रवेश गरिरहेको भन्दै थप आपूर्ति अवरोध थेग्न कठिन हुने चेतावनी दिएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खला प्रभावित भइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् । जर्मनीको बर्लिनमा बुधबार आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा बिरोलले स्ट्रेट अफ होर्मुजमा अवरोधका कारण विश्वका सबै क्षेत्र प्रभावित भइरहेको बताएका हुन् । उनका अनुसार, युरोप विशेष जोखिममा रहेको छ अनि खाडी क्षेत्रमा तत्काल युद्धविराम भए पनि आगामी महिनाहरूमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को मूल्य बढ्न सक्ने छ । बिरोलका अनुसार युरोपेली देशहरूले सामान्यतया जाडो सुरु हुनुअघि पर्याप्त ग्यास भण्डारण गर्छन् । तर यस वर्ष जाडो सुरु हुँदा यु...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
अपराध, समाचार, समाज

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

नेपालअखबार, कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो । प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्...
साउदी अरबले लामो दूरीका शक्तिशाली क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना विस्तार गर्दै
विश्व, समाचार

साउदी अरबले लामो दूरीका शक्तिशाली क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना विस्तार गर्दै

नेपालअखबार, काठमाडौं । साउदी अरबले लामो दूरीसम्म प्रहार गर्न र बढी क्षमताको विस्फोटक पदार्थ बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्न कारखाना विस्तार गरिरहेको समाचार रोयटर्सले छापेको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले स्याटेलाइट तस्बिर विश्लेषण गर्दै कारखाना यसै वर्षको अन्त्यसम्ममा उत्पादनका लागि तयार हुन सक्ने आकलन गरेको समाचारमा उल्लेख छ । समाचार अनुसार साउदी अरबको राजधानी रियादबाट करिब २०० किलोमिटर पश्चिममा रहेको अल–दुवादिमी क्षेप्यास्त्र कारखानामा नयाँ संरचना निर्माण भइरहेको छ । अमेरिकास्थित विदेश नीति अनुसन्धान संस्थान (एफपीआरआई) का अनुसन्धानकर्ता साम लेयर र माइकल डुइट्सम्यानले एक वर्षभन्दा बढी समयका स्याटेलाइट तस्बिर अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरूका अनुसार नयाँ संरचनामा ठोस इन्धनयुक्त क्षेप्यास्त्रका मोटर निर्माण गर्न प्रयोग हुने खाल्डाहरू रहेको अनुमा...
नेकपाले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दै
राजनीति, समाचार

नेकपाले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दै

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ । नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा ‘सम्बन्धित देशको कानुन र स्थानीय परिस्थिति अनुकूल’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ । नेकपाका अनुसार प्रवास प्रदेशमा रहेका पार्टी सदस्यहरूको परिचालन प्रवास प्रदेशअन्तर्गत सम्बन्धित प्रदेश समितिको योजनाअनुसार हुनेछ र पार्टीसम्बद्ध संगठनलाई समेत अभियानमा जोड्ने तयारी छ । यस अभियानको क्रममा प्रवासमा राष्ट्रिय हित तथा स्वाधीनतासम्बन्धी जनचेतना, प्रवासी नेपालीका समस्या समाधानमा पहल, नेपालको अवस्थाबारे तथ्यपरक जानकारी प्रवाह, नेपाली समुदायसँग अन्तरक्रिया तथा आवश्यकताअनुसार राजदूतावास तथा अन्य निकायसँग समन्वय गरिने नेकपाले जनाएको छ । साथै पार्टीको वैचारिक विकास,...
भिरबाट लडेर वडाध्यक्षको मृत्यु
समाचार, समाज

भिरबाट लडेर वडाध्यक्षको मृत्यु

नेपालअखबार,धनगढी। बझाङको बुंगल नगरपालिका–७ का वडा अध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ। शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट लडेर चट्टानमा बजारिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उद्धारको तयारी गर्दागर्दै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भिरबाट लडेर गम्भीर घाइते भएका जोशीको उद्धारका लागि आवश्यक पहल भइरहेको थियो। उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि हेलिकोप्टर उड्नुअघि नै मृत्यु भएको आफन्त रामचन्द्र जोशीले बताए। उनका अनुसार भिरबाट लडेर चट्टानमा बजारिएपछि जोशीको कानबाट रगत बगेको थियो।जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडा अध्यक्ष बनेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।...
थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा
पर्यटन, समाचार

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

नेपालअखबार,मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कन्छन् । यो पदमार्ग विदेशी पर्यटकका लागि साहसिक र जोखिमपूर्ण पदमार्गका मानिन्छ । गत असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध बनेको थोरङला पास पदमार्गको हिउँ पन्छाइएपछि विदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन् । उक्त पदमार्गको थोरङ फेदी माथिको पदमार्गमा जमेको हिउँ मुस्ताङका पर्यटन व्यवसायीले पन्छ...
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना:  ११ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना: ११ जनाको मृत्यु

नेपालअखबार, कास्की । कास्कीमा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ। डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ। तीव्र गतिमा चलाएका कारण २० वटा दुर्घटना भएका छन्। कास्कीका गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए। असोजमा अन्य महिनाका तुलनामा धेरै दुर्घटना भएको छ। 'विद्यालय बस दुर्घटनामा धेरै मानवीय क्षति भयो। यसका अलावामा अन्य साना...