Thursday, September 10

समाचार

ट्रम्पको सुरक्षा घेरा तोड्दै प्रतिबन्धित आकाशमा जहाज प्रवेश गरेपछि
राजनीति, विश्व, समाचार

ट्रम्पको सुरक्षा घेरा तोड्दै प्रतिबन्धित आकाशमा जहाज प्रवेश गरेपछि

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको निषेधित हवाई क्षेत्रमा एउटा जहाज छिरेको घटना सार्वजनिक भएको छ।मंगलबार ओहायो राज्यको जेनेभामा ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको आकाशमा यात्रुवाहक विमान छिरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। राष्ट्रपति ट्रम्प वा उच्चपदस्थ अधिकारीहरू भ्रमणमा रहेका बेला उनीहरूको सुरक्षाका लागि निश्चित क्षेत्रमा अस्थायी रूपमा नो-फ्लाई जोन लागू गरिन्छ। उनीहरू कार्यक्रमस्थलबाट नबाहिरिँदासम्म हवाई क्षेत्रमा उडान प्रतिबन्ध लगाइन्छ। त्यसका बाबजुद मंगलबार एउटा यात्रुवाहक जहाज प्रवेश गरेपछि अमेरिकी सेनाको लडाकू विमान नै परिचालन गरिएको भनेर टाइम्सले लेखेको छ। जेनेभामा प्याट्रियट गेम्स नाम गरिएको खेलकुद प्रतियोगितामा भइरहेको थियो। यात्रुवाहक जहाज निषेधित हवाई क्षेत्रमा प्रवेश गरेपछि अमेरिकी लडाकु विमानहरूले...
रौतहटमा २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता
समाचार, समाज

रौतहटमा २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता

नेपालअखबार, रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार  बिहान फेला परेको छ । हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक अझै बेपत्ता छिन । हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले बताए ।...
राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ । यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् ।कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।...
सात संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

सात संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वतयारी अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ११ः०० बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्न्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची...
कांग्रेस सभापति थापा र नेता डा. कोइरालाबिच भेट, विवादबारे भएन सहमति
राजनीति, समाचार

कांग्रेस सभापति थापा र नेता डा. कोइरालाबिच भेट, विवादबारे भएन सहमति

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच मंगलबार बिहान भेटवार्ता भएको छ। डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। पार्टीभित्र पछिल्लो समय देखिएका सांगठनिक र नीतिगत विवादहरूलाई कसरी सुल्झाउने भन्ने विषयमा दुई नेताबिच छलफल भए पनि कुनै सहमति भने भएन । दुवै पक्षले आ–आफ्ना कुरा राखेको तर सहमति नबनेको थपलियाले जानकारी दिए । नेपाली कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर कानुनी र राजनीतिक बहस भइरहेका बेला सभापति थापा र नेता डा. कोइरालाबिच भेट भएको हो । भेटमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयास स्वरूप वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको हो ।...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपालअखबार, काठमाडौँ । सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गृह मन्त्रालयको प्रस्तावमा गरिएको यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने सरकारको विश्वास छ । यसैगरी, स्वास्थ्य सेवालाई थप सुलभ बनाउन र वातावरणीय संरक्षणलाई बढवा दिन सरकारले ठुलो कर छुटको घोषणा गरेको छ । प्रवक्ता पोखरेलका अनुसार नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्‌बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूप...
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल
समाचार, समाज, साहित्य \कला

रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल

नेपालअखबार, जनकपुरधाम । जनकपुर निवासी वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।  ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो । राति घरमै नातिसँग खेलिरहेका उनको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको छोरा विभास लाभले बताए । उनको उपचारको क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि १ बजेतिर निधन भएको हो । उनको आजै स्वर्गद्धारीमा अन्त्येष्टि गरिने र अन्तिम श्रद्धाञ्जलीको लागि अहिले निजी निवास जनकपुर १० देवीचौकमा राखिएको छ । अध्यापन पेसामा लामो समय काम गरेका उनले विज्ञान विषयमा विद्यावारिधी गर्दै नेपाली, हिन्दी तथा अंग्रेजीमा स्नाकोत्तर गरेका थिए । बाल्यकाल देखि नै साहित्यमा रुचि देखाएका उनको विभिन्न कथा, नाटक तथा लघुकथाहरू प्रकाशन भएका छन् । नेपाली तथा मैथिली भाषामा उच्च योगदान पुर्‍याएको भन्दै डा.वि...
घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पहिरोले पुरियो, एक जना बेपत्ता
समाचार, समाज

घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पहिरोले पुरियो, एक जना बेपत्ता

नेपालअखबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । आज विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जल...
माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
कृषि, समाचार, समाज

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

नेपालअखबार, चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ । माग बढेसँगै अण्डाको मूल्य बढेको हो । फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए । मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए । अण्डाको लागत मूल्य प्रतिगोटा १९.१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा प्रतिक्रेट ५७३.६ हुन आउँछ । बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । लागत मूल्य पाउन नसकेपछि विगत...
स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ
प्रशासन, समाचार, समाज

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं । पर्सामा प्रहरीले ५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो । प्रदेश २-०३-००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइक खानतलासी गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय  राहुतकुमार गुप्ता रहेका छन् । उनीहरुको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।...