Sunday, July 5

समाचार

प्रदूषण नियन्त्रण गर्न दिल्ली सरकारले विद्युतीय सवारी खरिदमा कर छुट
कर्पोरेट, प्रशासन, समाचार

प्रदूषण नियन्त्रण गर्न दिल्ली सरकारले विद्युतीय सवारी खरिदमा कर छुट

नेपालअखबार,नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले नयाँ विद्युतीय सवारी (ईभी) नीति सार्वजनिक गरेको छ। वायु प्रदूषणको समस्यालाई गम्भीरतापूर्वक लिँदै दिल्ली सरकारले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिन आकर्षक छुट र प्रतिबन्धको घोषणा गरेको हो। ३० लाखसम्मका कारमा शतप्रतिशत कर छुट नयाँ नीतिअनुसार ३० लाख भारतीय रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय कार खरिद गर्दा अब सडक दस्तुर र दर्ता शुल्क लाग्ने छैन। सरकारले यी दुवै शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको यो नीति आगामी जुलाई १ देखि कार्यान्वयनमा आउनेछ। दिल्ली सरकारले सन् २०३० को मार्च महिनासम्ममा सहरलाई पूर्ण रूपमा प्रदूषणमुक्त बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। यसका लागि सरकारले आगामी चार वर्षभित्र १५० अर्ब भारतीय रुपैयाँ लगानी गर्ने प्रतिबद्धता...
सिद्धबाबाका विद्यार्थीलाई ‘पोषिलो चटपटे’
शिक्षा, समाचार, समाज

सिद्धबाबाका विद्यार्थीलाई ‘पोषिलो चटपटे’

नेपालअखबार,गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयमा स्थानीयस्तरमै उपलब्ध पौष्टिक खाद्यवस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष ‘पोषिलो चटपटे’ दिवा खाजामा खुवाइएको छ । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कक्षा ५ सम्म अध्ययनरत करिब ६ सय विद्यार्थीलाई पोषिलो चटपटे खुवाइएको हो । बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्ने, जंक फुडप्रतिको बढ्दो आकर्षण कम गर्ने तथा स्थानीय उत्पादनको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा चना, कमै, केराउ, मासु, आलु, गाजर, काक्रो, सिमी लगायतका पौष्टिक तत्वले भरिपूर्ण खाद्य सामग्री प्रयोग गरी चटपटे तयार गरिएको थियो । स्वादसँगै पोषण पनि सुनिश्चित हुने भएकाले विद्यार्थीहरूले चासोका साथ दिवा खाजा ग्रहण गरेका थिए । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीले स...
खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन
समाचार, समाज

खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन

नेपालअखबार, सल्यान । ‘सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी’ भन्ने नारासहित सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिकास्तरीय पानी सम्मेलन सम्पन्न भएको छ । खानेपानी योजनाको संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले मंगलबार ढोरचौरमा खानेपानी उपभोक्ता समितिहरूको दिगोपनसम्बन्धी कार्यशाला तथा पानी सम्मेलन आयोजना गरिएको हो । सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा गाउँपालिकाभित्र रहेका विभिन्न खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनमा खानेपानी स्रोतको संरक्षण, योजनाको नियमित मर्मतसम्भार, उपभोक्ता समितिको संस्थागत क्षमता अभिवृद्धि, सुरक्षित खानेपानीको पहुँच विस्तार तथा समुदायको भूमिकाबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गिरीले सुरक्षित खानेपानी प्रत्...
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
समाचार, समाज

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा

नेपालअखबार,सङ्खुवासभा। सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन् । वर्षासँगै बाढीपहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या २८ पुगेको छ । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका छन् जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, विन्दुर राईको घर विस्थापित भएको जानकारी दिए। पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्यचौकी पनि जोखिममा परेको छ। त्यसैगरी, सिलिचोङ–१ मा रहेको कुन्ती राईको पाँच, धनपूर्ण राईको सात, मङ्गलबहादुर राईको छ, सुकप्रसाद राईको...
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन
समाचार, समाज

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधारको माग गर्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै लामो समयदेखि लागू हुँदै आएको शैक्षिक प्रणालीले आफूहरूलाई अतिरिक्त मानसिक दबाब र शैक्षिक अन्यायमा पारेको भन्दै तत्काल सुधार गर्नुपर्ने माग गरेका हुन् ।प्रदर्शनमा सहभागी विद्यार्थीहरूले १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्न, ‘ब्याच ड्रप’ प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्नुपर्ने माग गरेका छन् ।उनीहरूले परीक्षाको तालिका व्यावहारिक बनाउँदै पर्याप्त तयारी समय सुनिश्चित गर्नुपर्ने, पहिलो वर्षमा आठ पटक र दोस्रो वर्षमा छ पटकसम्म परीक्षा दिने अवसर उपलब्ध गराउनु...
राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनीत
विश्व, समाचार

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनीत

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तरराष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गरेकी हुन्। संस्थाको अन्तरराष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनीत गरिएको हो।...
युक्रेनी आक्रमणका कारण रूसलाई इन्धन अभाव भएको स्वीकारे पुटिनले
विश्व, समाचार

युक्रेनी आक्रमणका कारण रूसलाई इन्धन अभाव भएको स्वीकारे पुटिनले

नेपालअखबार,काठमाडौँ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दुरीको ड्रोन आक्रमणका कारण रूसले इन्धन अभावको सामना गरिरहेको कुरा स्वीकार गरेका छन्। पछिल्लो समय युक्रेनले तीव्र पारेको ड्रोन आक्रमणले तेल प्रशोधन केन्द्रहरूमा आगो लगाइदिएका कारण धेरै क्षेत्रहरूमा पेट्रोलका लागि सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ। 'हाम्रा पूर्वाधारहरूमा भएका यी आक्रमणले समस्याहरू सिर्जना गरिरहेका छन्, त्यो स्पष्ट छ,' आइतबार प्रसारित एक सरकारी टेलिभिजन अन्तर्वार्तामा पुटिनले टिप्पणी गरे भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। आक्रमणपछि रूसले इन्धनको केही अभाव सामना गरिरहेको भए पनि यो गम्भीर नभएको पुटिनले दाबी गरे र आपूर्ति पुनर्बहाली गर्न सरकार काम काम गरिरहेको बताए। पछिल्ला आक्रमणको शृंखलापछि युक्रेनको ड्रोन प्रविधिको विकासले इन्धन उत्पादनमा धक्का पुर्‍याएको पुटिनले पहिलो पटक स्वीकार गरेका ह...
बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट
कृषि, समाचार, समाज

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

नेपालअखबार, काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ । बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र...
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
समाचार, समाज

प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सिंहदरबारमा ‘खुकुरी लिएर छिर्ने’ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बरबहादुर तामाङको रिहाइको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आन्दोलन सुरु गरेको छ। सोमबार माइतीघर मण्डलामा तामाङकी श्रीमती गायत्रीलगायत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चासँग आबद्ध कार्यकर्ताले प्रदर्शन गर्दै तामाङलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका हुन्। मोर्चाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका २८ वर्षीय डम्बर तामाङलाई प्रहरीले छलछाम गरेर गैरकानुनी रूपमा पक्राउ गरेको आरोप लगाएको छ। विज्ञप्तिअनुसार असार १४ गते ‘कागजात लिएर आउनुस्, सहयोग गर्छौं भन्दै होल्डिङ सेन्टरबाट बाहिर बोलाएर अनामनगरस्थित सिंहदरबार प्रहरी वृत्तमा थुनामा राखिएको दाबी गरिएक...
भुइँचालो गएको झन्डै ४० घन्टापछि १८ दिनको बच्चा र आमाको जीवित उद्धार
विदेश, समाचार, समाज, हाइलाइट-समाचार

भुइँचालो गएको झन्डै ४० घन्टापछि १८ दिनको बच्चा र आमाको जीवित उद्धार

नेपालअखबार,काठमाडौँ ।  भेनेजुएलामा शक्तिशाली भुइँचालो गएको करिब ४० घन्टापछि १८ दिनका एक बालकलाई उनकी आमासहित जीवित उद्धार गरिएको छ। उद्धार गरिएकी आमाले नवजात छोराको मायाले आफूलाई जीवित राख्न मद्दत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई बताएकी छन्। 'मलाई मेरो छोरा (जुआन डेभिड) ले भग्नावशेषको बीचमा रातभर जाग्राम बस्न र सतर्क रहन प्रेरणा दियो,' आमा दयाना पातिनोलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, 'जबसम्म ऊ जीवित थियो, म पनि जीवित रहने थिएँ। ऊ अझै सास फेर्दैछ कि छैन भनेर थाहा पाउन म समय समयमा उसको नाक छुने गर्थेँ।' १८ वर्षको बालक र उनकी आमालाई भग्नावशेषबाट जीवित उद्धार गरिएको भिडिओ अहिले संसारभर भाइरल भइरहेको छ। यो भिडिओ सार्वजनिक भएपछि जुआन डेभिड अहिले भुइँचालोले तहसनहस पारेको भेनेजुएलामा आशाको प्रतीक बनेका छन्। बुधबार बिहान गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भु...