Monday, August 3

समाचार

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना हुँदै
राजनीति, समाचार, समाज

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना हुँदै

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।...
आज बुटवलमा सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन
समाचार, समाज

आज बुटवलमा सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन

नेपालअखबार,बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था विना सरकारले वर्षौंदेखि बसेको वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आइतबार (आज) बुटवलमा वृहत प्रदर्शन र राष्ट्रिय सम्मेलन आयोजना गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन र सम्मेलन आयोजना भएको हो । बुटवलको राजमार्ग चौराहामा जम्मा भएर दिउँसो १ बजे शुरु हुने प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत हुने आयोजकले बताएका छन् । ‘प्रदर्शनमा भूमिहीन/अव्यवस्थित बसोबासीको उल्लेख्य वस्ती रहेका २२ बढी जिल्लाबाट हजारौंको सहभागिता हुन्छ,’ संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले भने । सरकारले विना विकल्प गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठीबास लगाउने कार्य गरेकाले यसको सशक्त विरोध गर्न प्रदर्शन गर्न लागिएको उनले बताए ।...
अमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईएस वरिष्ठ कमाण्डर मारिए
राजनीति, विश्व, समाचार

अमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईएस वरिष्ठ कमाण्डर मारिए

नेपालअखबार,काठमाडौँ ।  अमेरिका र नाइजेरियाली सेनाले संयुक्त सैन्य कारबाहीमा इस्लामिक स्टेट (आईएसआईएस) का वरिष्ठ कमाण्डर अबु–बिलाल अल–मिनुकी मारिएको बताएका छन्। अमेरिकी तथा नाइजेरियाली अधिकारीहरूले यसलाई 'उग्रवादी समूहविरुद्ध महत्वपूर्ण उपलब्धि' बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मिनुकी विश्वव्यापी आईएसआईएस संरचनाको दोस्रो कमाण्डर रहेको दाबी गर्दै आफ्नो निर्देशनमा नाइजेरियासँग मिलेर सूक्ष्म योजना बनाइएको सैन्य अपरेसन सञ्चालन गरिएको बताएका छन्। ट्रम्पले मिनुकीको मृत्युले आईएसआईएसको विश्वव्यापी सञ्चालन क्षमतामा ठूलो असर परेको दाबी गरेका छन्। नाइजेरियाका राष्ट्रपति बोला अहमद तिनुबाले शनिबार एक्समार्फत उक्त कारबाहीको पुष्टि गर्दै यसले इस्लामिक स्टेटको संरचनामा ठूलो धक्का पुगेको बताएका छन्। प्रारम्भिक मूल्यांकन अनुसार लेक चाड बेसि...
थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या
अपराध, समाचार, समाज

थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

नेपालअखबार,काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् । चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए
कर्पोरेट, समाचार, समाज

भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए

नेपालअखबार,अमेरिका । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् । जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षणअनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुई तिहाइभन्दा बढी जर्मन कम्पनीहरूले अमेरिकी भन्सार नीतिका कारण उत्पन्न अतिरिक्त खर्च ग्राहकबाटै असुल गर्न मूल्य बढाउने रणनीति अपनाएका हुन् । उक्त सर्वेक्षणमा विश्वभर सञ्चालनमा रहेका चार हजार ५०० भन्दा बढी जर्मन कम्पनी सहभागी थिए । सर्वेक्षणले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा नीतिगत अनिश्चितता अझै पनि विदेशी कम्पनीहरूका लागि प्रमुख व्यावसायिक चुनौती बनेको देखाएको छ । प्रतिवेदनअनुसार गत वर्ष अमेरिकाल...
रंजितपुरबाट १४१ किलो गाँजासहित २ जना पक्राउ
अपराध, समाचार, समाज

रंजितपुरबाट १४१ किलो गाँजासहित २ जना पक्राउ

नेपालअखबार,सप्तरी । सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीले जानकारी दिए । उनीहरूले प्रयोग गरेको गाडीबाट करिब १४१ किलो गाँजा फेला परेको हो । प्रहरी चौकी विसनपुरबाट प्रहरी साहयक निरीक्षक हरेन्द्र यादवसहितको कमाण्डमा खटिएको प्रहरी टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाएर लुकाएको १४ वटा पोका गाँजा फेला पारेको हो । गाँजा फेला परेपछि चालक महाप्रसाद लिम्बु र गाडीमा सवार बल बहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सप्तरी प्रहरीका अनुसार स...
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
समाचार, समाज

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

नेपालअखबार, डोङफेङ । चीनले शुक्रबार लिजियान वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२ः३३ बजे (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्याएको जनाइएको छ । यो मिसन लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृङ्खलाको १४औँ प्रक्षेपण हो । हालसम्म लिजियान शृंखलाले कुल १०० वटा उपग्रह अन्तरिक्षमा पठाइसकेको छ भने कक्षामा स्थापित सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको छ । चीनद्वारा विकसित लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता रहेको छ । कम्पनीका अनुसार यसले सार्वभौमिक प्लेटफर्ममा आधारित डिजाइन अपनाएको छ, जसले विभिन्न प्रकारका उपग्रह मिसनहरूसँग सजिलै अनुकूलन हुन सक्ने सुविधा...
प्रकृतिको आराधनासँगै उभौली समापन
समाचार, समाज

प्रकृतिको आराधनासँगै उभौली समापन

नेपालअखबार,धरान  । गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।। सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं । दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।। आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै छ । धरान उपमहानगरपालिका–१३ का करुणा किराती भन्छिन्, “उभौली साकेला हाम्रो संस्कृतिसँग जोडिएको छ, साकेलाले हामी जस्तो नयाँ युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृतिप्रतिको सम्मानबारे पनि सचेत बनाउँदै आएको छ ।” त्यसैले साकेलाको समयमा हामी सधैँ झैँ साथीसँग आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको उनी सुनाउँछिन् । 'आफ्नो पुर्खाले मान्दै आएको चाडपर्वहरु हामीले बिर्सिनु हुन्न भन्ने हिसाबले पनि प्रत्येक महिनामा मनाइने उभौली र उधौली हामी नाच्ने गरेका छौँ', उनको भनाइ छ । देशभर भूमेस्थानमा पू...
कावासोतीमा गैंडाको मृत्यु : करेन्ट लगाएर मारेको आशंका
समाचार, समाज

कावासोतीमा गैंडाको मृत्यु : करेन्ट लगाएर मारेको आशंका

नेपालअखबार,चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा शुक्रबार बिहान मरेको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ । पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको ऐलानी खेतभित्र अन्दाजी २५ बर्षको भाले गैंडा मृत फेला परेको थियो । गैँडा मरेको स्थान नजिकै विद्युतीय धरापका लागि प्रयोग हुने सामग्रीहरु डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले फेला पारेको छ । मृत गैँडालाई डिभिजन वन कार्यालयमा ल्याई चितवन राष्ट्रिय निकुञ्ज बाट खटिएको प्राविधिक टोलीद्वारा पोष्टमार्टम गरिएको थियो । आज साँझसम्म पोष्टमार्टमको रिर्पोट आउने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । पोष्टमार्टम पश्चात गैडाको खाग थान १ र खुर थान १२ सुरक्षित रूपमा निकालिएको तथा बाँकी सम्पूर्ण अंग प्रत्यङ्ग डिभिजन वन कार्यालय नवलपुरको परिसरभित्र खाडल खनी...
परिवर्तन नियम-कानुन बनाएर हुन्छ, एकैचोटि बड्याङबुडुङ गरेर हुँदैन : सभापति थापा
राजनीति, विचार, समाचार

परिवर्तन नियम-कानुन बनाएर हुन्छ, एकैचोटि बड्याङबुडुङ गरेर हुँदैन : सभापति थापा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू छलफल र संवादमा विश्वास गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामी चाहीँ छलफलमा विश्वास गर्छौं, संवादमा विश्वास गर्छौं,’ सभापति थापाले भने, ‘हामी आमने–सामने बहसमा विश्वास गर्छौं, हामी प्रमाणमा विश्वास गर्छौं ।’ परिवर्तन एकैचोटि बड्याङबुडुङ गरेर नहुने उनले बताए । ‘नीति, नियम, कानुन बनाएर परिवर्तन गर्ने कुरा, प्रणालीहरूमा परिवर्तन ल्याउने कुराहरू एकैचोटि बड्याङबुडुङ गरेर हुँदैन भन्ने कुरामा विश्वास गर्छौं ।’ यी सबै कुरा ‘इकोसिस्टम’ रहेको बताउँदै विस्तारविस्तारै हुने उनले बताए ।...