इरानले भन्यो, ‘इजरायली हमलाबिच शान्ति सम्झौताको वार्ता औचित्यहीन’
नेपालअखबार, तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै इजरायलले लेबनानमाथि गरेको अहिलेसम्मकै भीषण आक्रमणले पश्चिम एसियामा शान्तिको आशालाई अनिश्चित बनाएको छ।
बुधबार इजरायली सैन्य विमानहरूले लेबनानका विभिन्न क्षेत्रमा बमबारी गर्दा २५४ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। यो आक्रमणपछि इरानले अमेरिकासँग हुने भनिएको स्थायी शान्ति सम्झौताको वार्तामा सहभागी हुनु ‘औचित्यहीन’ हुने चेतावनी दिएको छ।
इरानी संसदका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर कलिबाफले इजरायलले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार एकातिर इजरायलले हिजबुल्लाहमाथि समान्तर युद्ध चर्काइरहेको छ भने अर्कोतिर अमेरिकाले इरानलाई आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्न दबाब दिएर सम्झौताको मर्मविपरीत काम गरिरहेको छ। यस्तो परिस्थितिमा यसै हप्ताको अन्त्यदेख...










