Friday, August 7

समाज

कालीगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिक
समाचार, समाज

कालीगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिक

नेपालअखबार,मुस्ताङ । लगातारको वर्षासँगै मुस्ताङस्थित कालीगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिक पुगेको छ। जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ। विभागका अनुसार कालीगण्डकी नदी, रौघाट खोला, म्याग्दी खोला लगायत स-साना नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्नेहरुलाई सुरक्षित रहन भनिएको छ ।...
भारी वर्षा नै नभई कसरी आयो भोटेकोशीमा बाढी?
समाचार, समाज, हाइलाइट-समाचार

भारी वर्षा नै नभई कसरी आयो भोटेकोशीमा बाढी?

नेपालअखबार,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ। विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा छिटपुट मात्रै वर्षा मापन भएको जानकारी दिए। 'त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै छैन। न्यूनचापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,' उनले भने, 'के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्ने छौं।' विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास ...
रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान
समाचार, समाज

रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

नेपालअखबार,काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् । इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । ‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ,’ उनले भने । यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको उनले बताए । ‘अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ, त्यसपछि मात्र स्पष्ट हुनेछ,’ उनले भने ।नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार अहिलेसम्म कति वटा गाडी बाढीले बगाएको र कुन कुन ब्राण्डका छ...
रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह
प्रशासन, समाचार, समाज

रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह

नेपालअखबार,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदी रहेको उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबिच चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गरेको छ । नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ ।...
भोटेकोशीमा बाढी- यस्तो छ क्षतिको विवरण
समाचार, समाज

भोटेकोशीमा बाढी- यस्तो छ क्षतिको विवरण

नेपालअखबार,काठमाडौं । रसुवाको भोटेकोशीमा गए राति आएको बाढीले मितेरी पुललगायतमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारीअनुसार चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण गोसाइकुण्ड गाउँपालिका २ स्थित रसुवागढीमा बाढी आएको हो। उक्त बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएर पूर्ण रूपमा क्षति भएको छ। इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने करिब ७/८ वटा गाडी बगाएको छ। रसुवागढी हाड्रोपावरमा क्षति पुगेको छ। एक जना नेपाल प्रहरी, एक जना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको भने उद्धार गरिएको छ। तीन जना प्रहरी, ९ जना नेपाली सेना, ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता रहेको रसुवा प्रहरीले जनाएको छ। गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्डस्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण ठाउँठाउँमा भत्किएको छ।...
रसुवाको बाढीमा १८ जना सम्पर्कविहीन, प्रहरीसहित ९ जनाको उद्धार
समाचार, समाज

रसुवाको बाढीमा १८ जना सम्पर्कविहीन, प्रहरीसहित ९ जनाको उद्धार

नेपालअखबार,काठमाडौं । रसुवाको बाढीमा बेपत्ता हुनेको संख्या १८ जना पुगेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ३ बजे चीनतर्फ रसुवाको गोसाइकुन्ड गाउँपालिका -२ रसुवागढीमा आएको बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा तीन प्रहरी,  ९ जना नेपाली कामदार र  ६ जना चिनियाँ कामदार रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,प्रहरी जवानहरू मुन्ना ठाकुर र लोकेन्द्र बोहरा उद्धारमा खटिएका थिए। त्यसक्रममा उनीहरू तीनै जना सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ। बाढीमा फसेका ९ जनाको भने उद्धार भएको छ। सशस्त्र प्रहरी बलका एक जना, नेपाल प्रहरीका एक जना र सात जना स्थानीयलाई उद्धार गरिएको रसुवा प्रहरीले जनाएको छ। बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल पुर्ण रुपमा क्षति भई मानिस र सवारी साधनमा आगत जावत बन्द भएको छ। गोसाइकु...
टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता
विदेश, समाचार, समाज

टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता

नेपालअखबार, वासिङ्टन डीसी ।  अमेरिकाको टेक्सासस्थित ग्वाडालुप नदीमा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ । बाढीका कारण १०० भन्दा बढीको मृत्यु भइसकेको छ । ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । खोजी तथा उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य तीव्र पारेका छन् । टोलीहरूले पानीको स्तर बढेको नदीमा ओर्लन र किनारमा जम्मा भएका रूखहरू हटाउन काम गरिरहेका छन् । टेक्सास हिल कन्ट्रीमा रहेको १०० वर्ष पुरानो क्रिश्चियन ग्रीष्मकालीन शिविर, मिस्टिकका सञ्चालकहरूले बाढीमा परी आफ्ना २७ जना शिविरकर्मी र सल्लाहकारहरूको मृत्यु भएको बताएका छन् । केर काउन्टीका अधिकारीहरूले पनि १० जना क्याम्पर र एक जना सल्लाहकार अझै बेपत्ता रहेको भनिरहेका छन् । उद्धार टोलीहरूले क्याम्प मिस्टिक र अन्य धेरै ग्रीष्मकालीन शिविरहरूबाट २८ बालबालिका सहित ८४ जनाको शव निकालेका छन् । अधिकारीहरूले मध्य टेक्सासका केही भागहरूमा वर्षाले बाढी...
‘ब्ल्याकमेल’ गरी श्रीमानका परिवारलाई आफ्नो घरमा बोलाएर खुवाइन् विषालु च्याउ
विदेश, समाचार, समाज

‘ब्ल्याकमेल’ गरी श्रीमानका परिवारलाई आफ्नो घरमा बोलाएर खुवाइन् विषालु च्याउ

नेपालअखबार,काठमाडौं ।अस्ट्रेलियामा सासु-ससुरासहित तीन जनाको हत्या अभियोगमा एक महिला दोषी ठहर भएकी छन्। भिक्टोरिया राज्यको लियोंगाथास्थित ग्रामीण सहर मर्वेलकी ५० वर्षीया एरिन पेटरसन तीन जनाको हत्या र एक जनाको हत्या प्रयास अभियोगमा दोषी ठहर भएकी हुन्। भिक्टोरियाको अदालतले सोमबार उनलाई दोषी ठहर गरेको बिबिसीले जनाएको छ। सजाय निर्धारण अर्को सुनुवाइमा गरिने बताइएको छ। बिबिसीका अनुसार तीन जनाको हत्या भएको उक्त घटनालाई अस्ट्रेलियाभरि चासोका साथ हेरिएको थियो। झन्डै ११ महिनासम्म अदालतमा मुद्दा चलेपछि सोमबार त्यसको फैसला भएको हो। हत्या भएका तीन जना एरिनका सासु-ससुरा र आफन्त हुन्। घटना २०२३ जुलाई २९ को हो। एरिनले आफ्ना श्रीमान, सासु ससुरासहित चार जनालाई खाना खान बोलाएकी थिइन्। ७० वर्षका ससुरा डन पेटरसन, लगभग उही उमेरका सासु गेल पेटरसन, गेलकी बहिनी ६६ वर्षीय हिथर विलकिन्सन र उनका श...
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ
प्रशासन, समाचार, समाज

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ

नेपालअखबार,जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् । हस्ताक्षर किर्ते गरेको आरोपमा मुद्दा दर्तापछि  फरार रहेका उनलाई सोमबार जनकपुरबाटै पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी कर्मचारी बर्खास्त गरिएको उजुरीपछि साहविरुद्ध अनुसन्धान सुरु गरिएको थियो । साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पासवानको नक्कली हस्ताक्षरसहितको पत्र तयार पारी उच्च अदालतमा पेश गरेका थिए । तर, निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा किर्ते तथा जालसाजीको उजुरी दिएपछि विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा किर्ते गरेको पुष्टि भएको थियो । प्रहरीले म...
नेपाल चिकित्सक संघको आन्दोलन: अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

नेपाल चिकित्सक संघको आन्दोलन: अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द

नेपालअखबार,काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द छ। उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका हुन्। नेपाल चिकित्सक संघले असार २० गतेदेखि नै आन्दोलन अघि बढाएको थियो। संघका महासचिव डा. सञ्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा 'देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने' उल्लेख छ। यस्तो छ विज्ञप्ति:  ...