Friday, August 7

समाज

अमेरिकाको टेक्सासमा भीषण बाढी, कम्तिमा ४० जनाको मृत्यु
विश्व, समाचार, समाज

अमेरिकाको टेक्सासमा भीषण बाढी, कम्तिमा ४० जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढी आएको छ। शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म ४० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। वर्षापछिको बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको छ। बाढीमा अझै कम्तिमा २५ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। बाढीग्रस्त क्षेत्रमा विभिन्न विद्यालयहरूले गर्मी याममा सञ्चालन गर्ने मिस्टिका क्याम्पमा ७०० छात्राहरू सहभागी  थिए। बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको बिबिसीले जनाएको छ। सो क्षेत्र भएर बग्ने ग्वाडलुप नदीको जलसतह बढेर ७.९ मिटर पुगेको थियो। बाढी आएपछि उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। टेक्सासका गभर्नर अब्बटले रातिको समयमा पनि उद्धार...
नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरूद्ध
समाचार, समाज

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरूद्ध

नेपालअखबार,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो। उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ। स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो। पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो। यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ। हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवा...
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
समाचार, समाज, स्वास्थ्य

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

नेपालअखबार,काठमाडौँ । नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। हालसम्म कोभिड–१९ का २४९ जनामा कोरोना संक्रमण देखा परेको छ। गएको एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए। 'सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहे...
फेवाताल सिमाङ्कनमा जग्गाधनीको असन्तुष्टि, साबिककै नक्सा कार्यान्वयनको माग
समाचार, समाज

फेवाताल सिमाङ्कनमा जग्गाधनीको असन्तुष्टि, साबिककै नक्सा कार्यान्वयनको माग

नेपालअखबार,पोखरा । फेवातालको हाल जारी गरिएको सिमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मापदण्ड पीडितहरूले साबिककै नापी नक्साअनुसार सिमाङ्कन गर्न माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई ध्यानाकर्षण गराउँदै निवेदन पेस गरेका हुन् । फेवाताल मापदण्ड सरोकार समितिका अध्यक्ष नवीन बराल र स्थानीय गणेश भट्टराईसहितको टोलीले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएको हो । करिब ३ सय जना स्थानीयले हस्ताक्षर गरेको उक्त निवेदनमा हालको सिमाङ्कन प्रक्रिया अवैज्ञानिक र अन्यायपूर्ण भएको दाबी गरिएको छ । समितिका अध्यक्ष बरालले राज्यले नै बलमिच्याइँ गरेको आरोप लगाए । ’नेपाल सरकारको जग्गा नापजाँच ऐन २०२१ अनुसार हामीले १९९० सालदेखि तिरोभरो गर्दै आएको र २०३२ सालमा पहिलो कित्ता नापी भई दर्ता प्रमाण पुर्जा पाएको पैतृक र पुस्तौनी जग्गा हो,झ उनले ...
चट्याङ लागेर सुर्खेतमा एकजनाको मृत्यु, ४ घाइते
समाचार, समाज

चट्याङ लागेर सुर्खेतमा एकजनाको मृत्यु, ४ घाइते

नेपालअखबार,सुर्खेत। चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो खेतमा धान रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको मृत्यु भएको हो । ‎आज दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको थियो । चट्याङ लागेर थप चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ‎‎ चट्याङ लागेर घाइते हुनेहरूमा सोही ठाउँका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० बर्सिया सुनिता गिरी रहेका छन् ।घाइतेहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।...
त्रिवि केन्द्रीय क्याम्पसको छात्राबासमा आधारभूत व्यवस्थापन नै गएगुज्रिएको!
शिक्षा, समाचार, समाज

त्रिवि केन्द्रीय क्याम्पसको छात्राबासमा आधारभूत व्यवस्थापन नै गएगुज्रिएको!

नेपालअखबार,काठमाडौँ ।मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन्। त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानी लगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. ईश्वर सुवेदी थिए। ...
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
समाचार, समाज

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

नेपालअखबार,पर्वत ।  पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ ।  मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । उनका अनुसार जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको हो । यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् भने नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकी उच्च बहावले शिला परिक्रमा स्थलसमेत पूर...
गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
प्रशासन, समाचार, समाज, स्वास्थ्य

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

नेपालअखबार,गण्डकी। गण्डकी प्रदेशको कास्की, बागलुङ, तनहुँ, म्याग्दी, मनाङ, लमजुङ, पर्वत र गोरखालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि आठवटै जिल्लालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो । प्रदेशका बाँकी जिल्ला स्याङ्जा, नवलपुर र मुस्ताङलाई यही असारभित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कास्कीलाई सोमबार र लमजुङलाई आज पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य मन्त्री कृृष्णप्रसाद पाठकले बताए । पहिलो पटक विसं २०७५ मा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार जन्मेदेखि २३ महिना उमेर समूहका बालबा...
ताप्लेजुङमा  पहिरोले घर पुरिँदा चार जना घाइते
समाचार, समाज

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

नेपालअखबार, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए । घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
तिम्ल्याहाले घरमै पाए नागरिकता
समाचार, समाज, हाइलाइट-समाचार

तिम्ल्याहाले घरमै पाए नागरिकता

नेपालअखबार, झापा । विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए । तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाएका हुन्। उनीहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन् । आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उनीहरुको  आफैँले स्याहार सुसार गरिरहेको बताइन्। “एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” उनले भनिन्, “तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।” रातो कार्ड कार्ड प्राप्त गरेसँगै उनीहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप...