Tuesday, May 5

समाज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का
समाचार, समाज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

नेपालअखबार, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।...
अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको  विसंगत बस्ती बिमोचन
समाचार, समाज, साहित्य \कला

अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको विसंगत बस्ती बिमोचन

नेपालअखबार । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित केरी शहरमा भानु जयन्तीको अवसर पारेर आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह "विसंगत बस्ती" को बिमोचन गरियो। नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई इश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल र मुक्तककार बस्ताकोटी स्वयम् ले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्नुभयो। कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककारको परिचय प्रस्तुत गर्दै बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गर्नुभएको थियो भने साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समिक्षा गर्नुभएको थियो। डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मु...
दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि भीरबाट खसालियो
अपराध, समाचार, समाज

दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि भीरबाट खसालियो

नेपालअखबार, दाङ । दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले बताए । उनले किशोरले बालिकालाई बलात्कारपछि हत्याको प्रयास समेत गरेको आरोप लगाएका । प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए । बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बलात्कार गरेको प्रहरीको दाबी छ । बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...
नागरिकता विधेयक पारित भएकोमा एनआरएनएले गर्‍यो स्वागत
समाचार, समाज

नागरिकता विधेयक पारित भएकोमा एनआरएनएले गर्‍यो स्वागत

नेपालअखबार, काठमाडाैं  । प्रतिनिधिसभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ। सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो। गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए। सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरेका थिए। ‘विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन्,’ उनले भने। अध्यक्ष आचार्यले प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्नुहुने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत ...
पहिरोको त्रासले रित्तियो गाउँ, ४६ घरमध्ये ३१ घरमा ताला
समाचार, समाज

पहिरोको त्रासले रित्तियो गाउँ, ४६ घरमध्ये ३१ घरमा ताला

नेपालअखबार, बागलुङ । बागलुङको पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाडे । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाडेका राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन्, उनीहरू जन्मेको थातथलो नै छाडेर हिँडे । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा  रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उनीहरूको घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाडेका थिए । घरखर्च चलाउन मात्रै खेती किसानी गरेर गुजारा चलाउने देखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् । विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरोमा परेर दुई जनाको...
श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु
समाचार, समाज

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

नेपालअखबार, ताप्लेजुङ। ताप्लेजुङमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छी माया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छी मायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्‌लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइर...
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध
समाचार, समाज

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

नेपालअखबार, चितवन। पहिराे खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ। चितवन इच्छाकामना गाउँपालिका ५ काे खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको पहिरो आएर सडक दुईतर्फी नै अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पाेखरातर्फ जाने सवारीसाधनबीच बाटाेमा नै राेकिएका छन्।...
जुम्लामा चट्याङ लागेर ५० बाख्रा मरे
समाचार, समाज

जुम्लामा चट्याङ लागेर ५० बाख्रा मरे

नेपालअखबार, हुम्ला। हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकेर रिपस्थित मूल घरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो । खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताए ।...
ग्वार्को ‘फ्लाई ओभर’ को काम भदौदेखि
समाचार, समाज

ग्वार्को ‘फ्लाई ओभर’ को काम भदौदेखि

नेपालअखबार, काठमाडाैं । ग्वार्को ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरूआत गरिने भएको छ। सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’ बनाउन लागिएको हो। वैदेशिक लगानीमा यसअघि नागढुंगा सुरूङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो। गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैंले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। निर्माण कम्पनीले तयार गरेको ‘डिजाइन’ प्रतिक्रियाका लागि सरकारलाई पेस गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) सौरभ बज्राचार्यले बताए। सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ। डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने उनले बताए। यसको अवधि दुई वर्ष रहेकामा चार महिना सकिएर २० महिना बाँकी छ। उनले भने, ‘तयारीका लागि अहिलेसम्म समय तालिकाभन्दा ढिला छैन।’ ...
पर्साको ठोरी आसपासमा अतिभारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह
समाचार, समाज

पर्साको ठोरी आसपासमा अतिभारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

नेपालअखबार, पर्सा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुबान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्ति मार्फत भनेको छ ।...