Friday, July 3

भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई खबरदारी गर्दै पोखरामा प्रदर्शन

नेपालअखबार, पोखरा । नेकपा एकीकृत समाजवादी सम्बद्ध मोर्चासंगठनले भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई खबरदारी गर्दै पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाट विभिन्न नारा लगाउँदै बगरका विभिन्न चोकसम्म पुगेर मोर्चा संगठन आवद्ध नेता कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।

Advertisement

सहभागीहरुले भ्रष्टाचार नियन्त्रण गर, भ्रष्टाचारी होसियार, भ्रष्टाचारीलाई किरा परोस् लगायतका नारा लगाएका थिए । प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ र शारदा सुवेदी पोलिट्व्युरो सदस्य श्रीनाथ बराल, एकीकृत समाजवादीका प्रदेश र जिल्ला स्तरका नेताहरुको समेत सहभागिता थियो ।

Advertisement
Advertisement

प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार विकले ठूला भनिएका दलहरु आफ्नो पार्टीका भ्रष्ट नेताहरु जोगाउन लागि परेको बेला एकीकृत समाजवादी देशभर सडकमा आर्लिएको बताए ।

Advertisement

उनले एक अर्कामा बोल्न छोडेका प्रधानमन्त्री प्रचण्ड र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवाको दिनहुँको भेट भ्रष्टाचारीलाई लुकाउने प्रयोजनका लागि त होइन भन्ने संका उत्पन्न गरेको धारणा राखे ।

उनले भ्रष्टाचारमा आफ्नै दलका कुनै नेता जोडिएको भएपनि अनुसन्धान गरेर कारबाही गर्न माग गरे । ‘हाम्रै पार्टीका १० जना सांसद छन् । उनीहरु र विगतका सांसद र कोहीपनि नेता भ्रष्टाचारमा संलग्न छन् भने उनीहरुको विरुद्ध पनि हामी कालो झण्डा उठाउन तयार छौं’ उनले भने ।

अनेरास्ववियूका केन्द्रीय उपमहासचिव राजन शर्मा पराजुलीले भ्रष्टाचारमुक्त नेपाल जनताको चाहना रहेको भन्दै त्यसको भावना अनुरुप गठबन्धन सरकार अगाडि बढेकाले दृढता पूर्वक भ्रष्टलाई कारबाही गर्न उनले माग गरे । एकीकृत समाजवादी सडकमा आइसकेको भन्दै उनले खुट्टा नकमाउन आग्रह गरे ।

उनले गृहमन्त्री नारायाणकाजी श्रेष्ठको प्रसंसा गर्दै युवा विद्याथीहरु सरकार र गृहमन्त्रीको साथमा रहने बताए । कानुनका छिद्रहरु खोजेर भ्रष्टाचारीहरुलाई चोख्याउने खेलमा नलाग्न समेत उनले चेतावनी दिएका छन् । कार्यक्रममा युवा संघ गण्डकीका सचिव सन्तोष अधिकारी लगायतले बोलेका थिए ।