Tuesday, September 8

समाज

बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु
समाचार, समाज

बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु

नेपालअखबार, तनहुँ । गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ । नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय दुई मिटर र व्यास-३ को भतेरीमा दुई सय ५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । व्यास-५ पाटनका छ सय ६३ र व्यास व्यास–३ का चार सय घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहँदै आएका थिए । पाटनतर्फ तीन सय मिटरमा ग्याबिन पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा एक सय दुई मिटरमा पर्खाल लगाउने प्रक्रिया अघि बढाइएको उनले बताए । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका कर...
पोखरा २६ को प्रगतीटोलमा पक्की सडक बन्दै
समाचार, समाज

पोखरा २६ को प्रगतीटोलमा पक्की सडक बन्दै

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारंभ गरेका छन् । सडक निर्माणको शुभारंभ कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे । अध्यक्ष थापाले वडा नंं २६ ले पिछडिएको क्षेत्रबाट विकास निर्माणको काम थालनी गरेको बताउँदै, सडक महानगरकै नमूना सडक हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष थापाले सडक तथा नाला निर्माण सँगै हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिन आग्रह गरे । सडक वडाले विनियोजन गरेको महानगरस्तरिय योजना मध्येको ठुलो योजना भएको उल्लेख गर्दै, निर्माणको गुणस्तर कायम गर्न वडाका प्राविधिकको सहयोग र जनप्रतिनिधिको निगरानी रहने बताए । कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले आर्थिक संकटको समयमा पनि उपभोक्ताले ठुलो हिस्सा रकम उठाएर योजन...
पर्वतमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
शिक्षा, समाचार, समाज

पर्वतमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

नेपालअखबार, कुश्मा। वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हु...
चितवनमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो
समाचार, समाज

चितवनमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

नेपालअखबार, चितवन । चितवनको कालिका नगरपालिका-१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिए । उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैंडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ ।...
समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा वडा सदस्यको मृत्यु
समाचार, समाज

समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा वडा सदस्यको मृत्यु

नेपालअखबार , कपिलवस्तु। समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एक जना जनप्रतिनिधिको निधन भएको छ ।  जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए । यादवले सामाजिक सन्जालमा जानकारी दिँदै प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् । मृतक लोहारलाई उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको उनले बताएका छन् । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले लोहारको निधनले आफू दुःखी भएको बताए ।...
अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित
कृषि, समाचार, समाज

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

नेपालअखबार, पर्वत। पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उहाँ सुस्केरा हाल्नुहुन्छ । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा । मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश छन् । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ । “लगभ...
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए
समाचार, समाज

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

नेपालअखबार, जनकपुरधाम । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् । शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए । राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताए । कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ।  उनी मधुमेह, उच्च रक्तचापका विरामी थिए । भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए। घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
खाद्य कार्यालय काभ्रेका प्रमुख मृत फेला
समाचार, समाज

खाद्य कार्यालय काभ्रेका प्रमुख मृत फेला

नेपालअखबार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् । शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव
समाचार, समाज

भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

नेपालअखबार, टङ्कीसिनवारी। जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ। कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो। चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ। सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौं भेडा लिएर महिनौं घर छाडेर हिँड्ने गरेका छन्। उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ। घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ। भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ। 'भेडालाई बाँधेर राख्न गाह्रो छ। खुलामा चराउनु पर्छ। खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ', दयानन्द पालले भने, 'राति बास बस्दा पनि जङ्गली ...
भक्तपुरमा चार तला माथिबाट खसेर किशोरको मृत्यु
समाचार, समाज

भक्तपुरमा चार तला माथिबाट खसेर किशोरको मृत्यु

नेपालअखबार, भक्तपुर। घरको चार तलामाथिबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका-६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। उक्त घर भुवन श्रेष्ठको हो। उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो। यसको अनुसन्धान प्रहरी वृत्त ठिमीबाट भइरहेको छ।...