Wednesday, April 29

समाज

झापाबाट काडमाडौं ल्याउँदै गर्दा बाटैमा वडाध्यक्षकाे निधन
समाचार, समाज

झापाबाट काडमाडौं ल्याउँदै गर्दा बाटैमा वडाध्यक्षकाे निधन

नेपाल अखबार, झापा। कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेका छन्। सुनसरीको कोसी गाउँपालिका-२ का वडाध्यक्ष हिरालाल यादवको शनिबार अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो। शनिबार दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएन्डसी हस्पिटल लगिएकाे थियो। त्यस हस्पिटलले एन्जिओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान सिफारिस गरेपछि काठमाडौं ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए। हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियाे। तर कोभिड-१९ का बिरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा पुर्‍याइएकाे थियो। रासस...
काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित,जोखिम कायमै
पत्रपत्रिका, समाज, स्वास्थ्य

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित,जोखिम कायमै

नेपाल अखबार, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । घटेन जोखिम निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ । भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन...
पोखरामा होम आइसोलेशनमा बसेका ८ जनाले जिते कोरोना
समाचार, समाज, स्वास्थ्य

पोखरामा होम आइसोलेशनमा बसेका ८ जनाले जिते कोरोना

नेपाल अखबार, पाेखरा। महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उनमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे। दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उनका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त भएका छन । “आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए । ” उनले भ,ने“बेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वागतीको झोल पिएर अहिले निको भएको छु ।” आइसोलेशनमा बस्द...
 गाेरखामा किशाेरीले आफ्नै जन्म दिनकाे दिन आत्महत्या
समाचार, समाज

 गाेरखामा किशाेरीले आफ्नै जन्म दिनकाे दिन आत्महत्या

नेपाल अखबार,  गाेरखा।  गाेरखा  पालुङटारमा नगरपालिका वडा नम्बर ७ की एक किशाेरीले आफ्नै जन्म दिनकाे दिन आत्महत्या गरेकी छन् । १६ बर्ष पुगी १७ बर्ष लागेकाे दिन हिजाे उनले आफ्नै घर नजिकैकाे रूखमा आफैले अोड्एकाे  सलले पासाे लगाइ आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय ठाँटिपाेखरीले जनाएकाे छ । जन्म दिनकाे दिन बेलुकी घरमा खाना खाएर दिदिकाेमा जान्छु भनी घरबाट निस्केकी उनी दिदिकाे घर नै पुगिनन् । बेलुकी दिदिकाेमा नपुगे पछी कता गइन भन्दै खाेजि गर्दा बिहान साढे ६ बजे मात्र उनकाे शव घर नजिकैकाे रूखमा झुन्डिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । उनकाे शव पाेष्टमाटमका लागि जिल्ला अस्पताल लगिएकाे छ ।...
नागरिकता नपाउँदाको चिन्ता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

नागरिकता नपाउँदाको चिन्ता

नेपाल अखबार, पाेखरा । असहाय बनेका अवस्थामा पोखरा वृद्धाश्रमले आश्रय त दियो नै तर कतिपय यहाँ बस्ने ज्येष्ठ नागरिकलाई नागरिकता नपाउँदाको पीडाले बेलाबेलामा चिन्तित बनाउने गरेको छ । नेपालमै जन्मेर पनि बेवारिसे अवस्थामा वृद्धाश्रममा आएका ज्येष्ठ नागरिकमध्ये आठ जना अहिले पनि नागरिकताविहीन छन् । बुढेयौली उमेरसम्म पनि देशको नागरिक बन्न नसकेका यहाँका ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रमले अभिभावक बन्दै नागरिकता दिन प्रयास गरे पनि झन्झटिला नियम कानूनले समस्या पार्ने गरेको छ । सरकारी पक्षको उचित ध्यान नपुग्दा जीवनको उत्तराद्र्धमा आइपुग्दासमेत उनीहरूले नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन् भने कतिपय आमाबुवाको त नागरिकता प्राप्त गर्ने धोको पूरा नभई स्वर्गवास भइसकेको वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए । ‘आफन्त नभई बेवारिसे एवं परिवारबाट अपहेलित समाजका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमले से...
आजको  मौसम एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना
समाचार, समाज

आजको मौसम एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना

नेपाल अखबार, पाेखरा। आज दिउँसो तथा राति देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। राति भने केही प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले सिरहाको लहानमा हल्का वर्षा भइरहेको छ। यो अझै केही घण्टा जारी रहने अनुमान छ। यसबाहेक काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि (धेरै घाम थोरै बादल) सामान्य (थोरै घाम धेरै बादल) सम्म बदली छ। तर दिउँसो देशभरका केही स्थानमा बदली भई मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए। ‘लहानमा त अहिले नै हल्का वर्षा भइरहेको छ,’ मौसमविद् प्रधानांगले शनिबार बिहान भने, ‘अन्य सम्भावित स्थानमा मध्याह्न १२ बजेपछि वर्षा हुने अुनमान गरिएको छ, काठमाडौं उपत्यकामा पनि यस्तै सम्भावना छ।’ दिउँसो भने कतै भारी वर्...
मिर्चैयामा मृत्युपछि कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

मिर्चैयामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, सिरहा ।  सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए । पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेष सिहले बताए । कोरोना जस्तो लक्षण देखा  परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो । बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए । तर, दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ । दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए । सिरहामा योसहित  कोरोनाबाट भाइर...
भलाम ¥यालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए
समाचार, समाज

भलाम ¥यालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

नेपाल अखबार, पाेखरा।  विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा–२०, भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा आर्थिक सहयोग गरेका हुन । क्वारेन्टिनमा बसेको ९ दिन पछाडि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिन होमले विदाइ गर्दै गर्दा उनीहरुले क्वारेन्टिनमा घरको भन्दा पनि राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै नगद सहयोग गरेका हुन । क्वारेन्टिनमा सहयोग पुगोस भनेर गोपी गुरुङले रु. ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिम बहादुर घर्तीले नगद ३ हजार २ सय सहयोग गरेका हुन । सहयोग रकम प्रदान गर्दै गोपी गुरुङ र खि...
हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार
समाचार, समाज, हाइलाइट-समाचार

हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार

नेपाल अखबार, बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ। बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन्। विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताए। पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस...
क्यालिफोर्नियामा ७२ घण्टामा ११ हजार पटक भन्दा बढी चट्याङ्ग, डढेलोको कहर
विश्व, समाज

क्यालिफोर्नियामा ७२ घण्टामा ११ हजार पटक भन्दा बढी चट्याङ्ग, डढेलोको कहर

नेपाल अखबार, एजेन्सि। अमेरिकाको क्यालिफोर्नियामा चट्याङ्गका कारण लागेको डढेलोका कारण राज्यका धेरै भागमा क्षति गरिरहेको छ । हालसम्म एक जनाको मृत्यु भएको छ भने धेरै घरहरुमा क्षति पुगेको छ । देशकै सबैभन्दा धेरै कोभिड–१९ का संक्रमित रहेको राज्य यतिबेला डढेलोसँग पनि जुझ्न परिरहेको हो । अधिकारीहरुका अनुसार ५ लाखभन्दा बढी एकड जमिनमा डढेलोको कारण क्षति पुगेको छ । यो हप्ता ७२ घण्टाको अन्तरालमा राज्यमा ११ हजार पटकभन्दा चट्याङ परेको थियो । यसले धेरै स्थानमा डढेलोको सुरुवात गरेको सरकारी अधिकारीहरुको भनाइ छ । हाल राज्यका विभिन्न  स्थानमा ३६७ वटा डढेलो सक्रिय रहेको जसमध्ये २६ वटालाई गम्भीर भनिएको छ । सान माटेयो र सान्टाक्रुजका ४९ हजार जनालाई सुरक्षितमा स्थानान्तरण गरिएको छ ।...