Monday, August 31

समाज

भुकम्पले  पर्वतमा घर भत्केयाे
समाचार, समाज

भुकम्पले पर्वतमा घर भत्केयाे

नेपाल अखबार, पर्वत।  पर्वतमा भुकम्पले घर भत्केको  छ ।  बिहान अन्दाजी ०५:२० बजेको समयमा भुकम्पको धक्काले जिल्ला पर्वत कुष्मा नगरपालिका-१ पाङ बस्ने नारयण सुबेदीको ईटा र माटोले बनेको कच्ची घरको पछाडिको भित्ताछानो सहित भत्किएकाे छ । प्रहरीका अनुसार अन्दाजी ५,००,००० (पाँच लाख )बराबरको क्षती भएको छ । हाल सम्म मानविय तथा पशु चौपाय क्षति नभएको साथै घटनाबारे  थप अनुसन्धान भईरहेको   प्रहरीले जनाएकाे छ  ।...
कोरोना महामारी सुरु भएपछि नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढ्यो
समाचार, समाज, स्वास्थ्य

कोरोना महामारी सुरु भएपछि नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढ्यो

नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरसको महामारी  नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढेको छ। बेलायतको प्रसिद्ध जर्नल लान्सेटमा प्रकाशित रिपोर्टले लकडाउन सुरु भएयता मृत शिशु जन्मिने संख्या ह्वात्तै बढेको देखाएको हो। लकडाउन सुरु हुनुअघिसम्म प्रतिहजार शिशु जन्मिदा नेपालमा १४ मृत शिशु जन्मिने गरेका थिए। तर, लकडाउनयता यो संख्या बढेर प्रतिहजार २१ पुगेको अध्ययनले देखाएको छ। स्विडेनको उप्पशाला विश्वविद्यालयका आशीष केसीको नेतृत्वमा गरेको अध्ययनले नेपालमा मृत शिशु जन्मिने संख्या ५० प्रतिशतले बढेको देखाएको हो। ती शिशुहरुको आमाको पाठेघरभित्रै मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ। केसीको समूहले नेपालका नौ वटा अस्पतालमा भर्ना भएका २० हजार सुत्केरीहरुमाथि अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेको हो। सो समूहले लकडाउन सुरु भएदेखि बैशाख अन्तिमसम्मको तथ्यांकलाई विश्लेषणको मुख्य आधार बनाएको थियो। सो अध्यय...
अरिङ्गाल पोल्न रुख चढ्दा लडेर एकजनाको मृत्यु, एकजना घाइते
समाचार, समाज

अरिङ्गाल पोल्न रुख चढ्दा लडेर एकजनाको मृत्यु, एकजना घाइते

नेपाल अखबार, धादिङ । धादिङमा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् । रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । रासस...
नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता
समाचार, समाज

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता

नेपाल अखबार, परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना भने पौडी खेलेर बाँच्न सफल भएका छन् । सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । रासस...
चट्याङ लागेर एक बालिकाको मृत्यु
समाचार, समाज

चट्याङ लागेर एक बालिकाको मृत्यु

नेपाल अखबार, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का
समाचार, समाज

बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

नेपाल अखबार, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको अनलाइनखबरलाई बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।...
न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

नेपाल अखबार,सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर...
अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव
समाचार, समाज, स्वास्थ्य

अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव

नेपाल अखबार, सिमकोट । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए । गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन आग्रह गरेका छन् । ग्र...
काठमाडौँका ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित
समाचार, समाज

काठमाडौँका ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।...
तनहुँको देवघाटमा शालिग्राम संकलन गरिदै
धर्म/संस्कृति, समाचार, समाज

तनहुँको देवघाटमा शालिग्राम संकलन गरिदै

नेपाल अखबार, दमौली । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो । क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिनुभयो । कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको उहाँले जानकारी दिनुभयो । “वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्”, उहाँले भन्नुभयो, “कतिपयले श...