Sunday, June 28

समाज

तनहुँमा पहिरोमा पुरिएर हजुरआमा बेपत्ता, नातिनीको उद्धार
समाचार, समाज

तनहुँमा पहिरोमा पुरिएर हजुरआमा बेपत्ता, नातिनीको उद्धार

नेपाल अखबार, तनहुँ । देशभर जारी मनसुनी वर्षाका कारण आएको पहिरोले तनहुँमा ८० वर्षीया वृद्धालाई बेपत्ता पारेको छ । सोमबार दिउँसो करिब २:३० बजे तनहुँ जिल्लाको भानु नगरपालिका-९ सिमगैरामा पहिरोले ८० वर्षीया तिलमाया धरालीलाई बेपत्ता पारेको हो । पहिरोले स्थानीय महिन्द्र धरालीको घर बगाउँदा उनको आमासहित छोरी त्रिप्सा धराली पुरिएका थिए । पहिरोबाट प्रहरीले त्रिप्सा धरालीको उद्धार गरे पनि तिलमाया धरालीको भने हराइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएकी त्रिप्सा धरालीलाई उपचारका लागि अस्पताल लगिएको र अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा बेपत्ता भएकी तिलमाया धरालीको खोजीकार्य भइरहेको छ ।...
चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर
समाचार, समाज

चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर

नेपाल अखबार, चितवन। चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काइदिनुका साथै केही आगजनीसमेत गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले आठ वटा घर भत्काइएको र दुईवटा घरमा आगजनी गरिएको बताए । अविरल वर्षाको बेला घर नै नरहेपछि चेपाङ सुमदायको विचल्ली भएको छ । मेयर ढकालका अनुसार चेपाङ समुदायका लत्ताकपडा, भाँडाकुँडा, दुःख गरेर कमाएको केही रकमसमेत पूर्णरुपमा नष्ट भएको छ । माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्दै आएका थिए । निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै उनीहरुका घर भत्काउनुका साथै आगजनी गरिएको हो । स्थानीय सरकार वा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी निकुन्ज प्रशासनले चेपाङ समुदायको घर भत्काइदिएको र आगजनी गरेको भन्दै माडी नगरपालिकाले भत्र्सना गरेको छ । साथै चेपाङहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण ग...
मनसूनी न्युन चापीय रेखा नेपाल तिर सर्‍यो : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
समाचार, समाज

मनसूनी न्युन चापीय रेखा नेपाल तिर सर्‍यो : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

नेपाल अखबार, पाेखरा। हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।  देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै  प्रदेश ५,  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको  सम्भावना  रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि ...
पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने
समाचार, समाज

पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने

नेपाल अखबार, पोखरा । यस वर्ष पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितीले गर्दा नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष हुने प्रतियोगिता यो वर्ष स्थगित गर्नु परेको खलका अध्यक्ष अशोक पालिखले जानकारी दिए । हालै नेवाः खल कास्कीको कार्यसमितीको वैठकले श्रावण २० गते परम्परागत रुपमा निकालिदै आईरहेको गाईजात्रा नृत्य तथा यही श्रावण २४ गते हुने गाईजात्रा महोत्सवलाई पनि स्थगित गरिएको हो । साँस्कृतिक परम्पराका रुपमा मनाउदै आएको गाइजात्रा भने घरका परिवार तथा सिमित व्यक्तिहरु सम्मिलित भई सामाजिक दुरी कायम गरि नजिकैको मन्दिर मात्रै परिक्रमा गरि निकाल्न पनि नेवाः खल कास्कीले आह्वान गरेको महासचिव सुविन्द्र श्रेष्ठले बताए । नेवारी संस्कार र संस्कृति जगेर्नाका लागि नेवाः खल कास्कीले हरेक वर्ष गर्दै आइरहेको गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प...
बाढीपहिरोले म्याग्देका ७१ परिवार विस्थापित
समाचार, समाज

बाढीपहिरोले म्याग्देका ७१ परिवार विस्थापित

नेपाल अखबार, दमौली । गत असार २८ र २९ गतेको बाढीपहिराबाट तनहुँको म्याग्दे गाउँपालिकाका ७१ परिवार विस्थापित भएका छन् । बाढीपहिराले घर भत्किएपछि सातवटै वडाका ती परिवार विस्थापित भएका हुन् । म्याग्दे गाउँपालिका–१ का ७, वडा नं २ का २७, वडा नं ३ का ८, वडा नं ४ का २, वडा नं ५ का ५, वडा नं ६ र वडा नं ७ का १४ परिवार विस्थापित भएको  गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । विस्थापित भएकाहरु छिमेकीको घरमा र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित भएकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रानाका अनुसार ती परिवारलाई नगद रु पाँच हजार र दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको छ । ‘गाउँपालिका आफ्ना वासिन्दाप्रति उत्तरदायी छ, जनताको दुःखमा सहयोग गर्नु गाउँपालिकाको दायित्व हो’ उनले भनिन्, ‘पहिलो चरणमा प्राप्त तथ्याङ्कका आधारमा राहत सहयोग गरेका छौँ ।’ विस्थापित भए...
नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित
राजनीति, समाज

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।...
प्रहरीमाथि ढुङ्गामुढा प्रहार
प्रशासन, समाचार, समाज

प्रहरीमाथि ढुङ्गामुढा प्रहार

नेपाल अखबार, बाजुरा। जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढाबाट दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् । घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ । ढुङ्गामुढा प्रहारबाट...
आइतबारको मौसम पूर्वानुमान
समाचार, समाज

आइतबारको मौसम पूर्वानुमान

नेपाल अखबार, काठमाडौं ।  आज देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था रहेको छ । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ । आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसदिन न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन...
पीसीआर टेष्टको माग गर्दै कोरोना संक्रमितको भोक हडताल !
समाचार, समाज

पीसीआर टेष्टको माग गर्दै कोरोना संक्रमितको भोक हडताल !

नेपाल अखबार, सुर्खेत । पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढका भन्छन्, ‘संघीय सरकारको प्रोटेाकलअनुसार नै १४ दिन आइसोलेसनमा राखेर घर पठाउन लागिएको हो ।’ सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको छ । तर उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण रहे-नरहेको पुष्टि गर्न आग्रह गरेका हुन् । पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरुले दिनभर खाना समेत खाएका छैनन् । आइसोलेसन व्यवस्थापनले उपलब्ध गराइएको खाना नख...
चार हजार हेक्टर धानबाली डुबान
कृषि, समाचार, समाज

चार हजार हेक्टर धानबाली डुबान

नेपाल अखबार, सप्तरी। असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहाको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुईरदुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताए । सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ । सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको राउतले बताए । यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरिया...