राष्ट्रिय गौरवका २३ आयोजना : कुनको कति प्रगति ?
चालू आर्थिक वर्षको छ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति अत्यन्तै न्यून देखिएको छ। चालू आर्थिक वर्ष २०७६/७७ मा कुल १ खर्ब २ अर्ब ८ करोड विनियोजन गरिएकोमा २० अर्ब २१ करोड मात्रै खर्च भएको समाचार नेपालखबर डटकममा बसन्त अर्यालले लेखेका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको ६ महिनामा १९ प्रतिशत मात्रै खर्च भएको बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने क्रममा रहेको बताए।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण लोकमार्गको प्रगति उत्साहजनक रहेको दाबी गरेका छन्।
कुन आयोजनाको खर्च कति?१ पुष्पलाल (मध्यपहाडी) मार्गपाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म २५ जिल्ला जोड्ने पुष्पलाल मार्गको चालू आर्थिक वर्षमा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोज...
