Sunday, August 2

समाज

मुस्लिम समुदायले ध्यानाकर्षण पत्र बुझायो  प्रधानमन्त्रीलाई
समाचार, समाज

मुस्लिम समुदायले ध्यानाकर्षण पत्र बुझायो प्रधानमन्त्रीलाई

नेपालअखबार,काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिलाई लिएर यतिबेला मुस्लिम समुदाय आन्दोलित बनेको छ। गत मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले मुस्लिम महिला लक्षित दिएको अभिव्यक्तिलाई लिएर देशभर मुस्लिम समुदाय आन्दोलित बनेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायका महिलाप्रति गलत र भ्रामक अभिव्यक्ति दिएको मुस्लिम अगुवा एवं कांग्रेस नेता डा. अबुल हुसेन अन्सारीले बताए। ‘मुस्लिमहरूको प्रवृत्ति-व्यवहार हेर्दा यति अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ। कतिमा उद्धार पनि छ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्। उनी त्यत्तिमै रोकिइनन्। अगाडि पथिन्, ‘पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन...
हङकङको अपार्टमेन्टमा २० घन्टादेखि लागेको बीभत्स आगो
विदेश, समाचार, समाज

हङकङको अपार्टमेन्टमा २० घन्टादेखि लागेको बीभत्स आगो

नेपालअखबार,काठमाडौं । हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ। आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्। बिहीबार बिहानसम्म पनि त्यो आवासीय क्षेत्रको आकाश धुवैधुवाँले ढाकेको छ। भवनमा आगो बलिरहेको र बाक्लो धुवाँका मुस्लोहरू ...
१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स
विश्व, समाचार, समाज

१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स

नेपालअखबार,काठमाडौँ । हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ। आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्। बिहीबार बिहानसम्म पनि त्यो आवासीय क्षेत्रको आकाश धुवैधुवाँले ढाकेको छ। भवनमा आगो बलिरहेको र बाक्लो धुवाँका मुस्लोहरू ...
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा मुस्लिम समुदाय आक्रोशित
समाचार, समाज, हाइलाइट-समाचार

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा मुस्लिम समुदाय आक्रोशित

नेपालअखबार,काठमाडौं। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायबारे व्यक्त गरेको धारणा व्यापक आलोचनामा परेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भएकै प्रधानमन्त्रीले मुस्लिम देश र समुदायलाई संकीर्ण, महिला अधिकार नदिने र पुरातनपन्थी व्यवहारसँग जोडेर दिएको टिप्पणी मुस्लिम अगुवाहरूले असंवेदनशील र तथ्यहीन भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले आफूले देखेका उदाहरणको आधारमा कतिपय मुस्लिम देशमा महिलालाई शिक्षादेखि स्वतन्त्रता नदिएको भनाइ राखेकी थिइन्, तर यो टिप्पणी सामाजिक सद्भाव बिगार्ने र पुरै समुदायलाई दोषारोपण गर्ने प्रकृतिको भएको मुस्लिम प्रतिनिधिहरूको आरोप छ।  प्रधानमन्त्रीले उदाहरणको रूपमा उल्लेख गरेका देशहरूको वास्तविकता आफूले वर्णन गरेजस्तो नभएको वक्ताहरूले  प्रष्ट्याउँदै दक्षिण एसियाका नेपाल, भारत, बाङ्लादेश ल...
ईस्लाम धर्ममा महिलाहरुलाई पर्याप्त हक अधिकार  दिएको छ : अध्यक्ष अली
समाचार, समाज

ईस्लाम धर्ममा महिलाहरुलाई पर्याप्त हक अधिकार दिएको छ : अध्यक्ष अली

नेपालअखबार,काठमाडौं । ईस्लाम धर्ममा महिलाहरुलाई पर्याप्त हक अधिकार दिएको  साथै महिलामाथि कुनै विभेद नरहेको मुस्लिम आयोगकाअध्यक्ष महमदिन अली बताउनु भएको छ । मुस्लिम समुदायले आस्था राख्ने ईस्लाम धर्ममा महिलाप्रति सम्मानजनक व्यवहार हुने गरेको हुँदा यस्ता असत्य र तथ्यहिन टिकाटिप्पणी नगर्न तथा सामाजिक सद्भाव कायम राख्न सबैमा हार्दिक अनुरोध गर्नु भएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा मुस्लिम महिलाहरुमाथि असमानता, विभेद र अमानवीय व्यवहार हुने गरेको भनी प्रकाशित टिकाटिप्पणीहरूप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष महमदिन अली बताउनु भयो । प्रविधिको सही प्रयोग गरौ लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने मुल नारासहित मनाईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम २०८२ ९नोभेम्बर २५ ( डिसेम्बर १०,२०२५० को शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यो महत्वपूर्ण अभियानमा क्रियाशिल रहन सबैमा अध्यक्ष...
काठमाडौंको नेपालटारमा लुटियो महिलाको ब्याग, ४ जना पक्राउ
अपराध, समाचार, समाज

काठमाडौंको नेपालटारमा लुटियो महिलाको ब्याग, ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं। तारकेश्वर नगरपालिका–११ नेपालटारमा महिलाको ब्याग लुटेर फरार भएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्याङ्जाको वालिङ नगरपालिका–११ डौंवा घर भएका २७ वर्षीय इश्वर बुढाथोकी, नुवाकोटको गोस्याङ घर भएका २० वर्षीय विशाल राई, नुवाकोट किस्पाङका १८ वर्षीय साजन तामाङ र नुवाकोट चौगाडाका १९ वर्षीय समीर तामाङ छन्। उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । यो समूहले सोमबार सवा ५ बजेतिर नेपालटारस्थित सडकमा हिँड्दै गरेकी एक महिलाको ब्याग लुटेको आरोप छ। यो समूहले अहिलेसम्म तीन महिलाको ब्याग लुटेको खुलेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए। उनीहरुबाट लुटिएका २ थान ब्याग, ११ थान मोबाइल, चाबीका झुप्पा, नागरिकता, नागरिकता लगानी कोषको कोर्ड, बैंकको आईडी कार्डलगायत बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध ५ दि...
थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु
विदेश, समाचार, समाज

थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । थाइल्याण्डमा भीषण वर्षापछि आएको बाढी पहिरोको घटनामा ३३ जनाको मृत्यु भएको छ। नोभेम्बर २१ देखि थाइल्याण्डका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। तीमध्ये केहीको करेन्ट लागेर समेत मृत्यु भएको थियो। नोभेम्बर २१ मा थाइल्याण्डको हत याई  सहरमा एकैदिन ३३५ मिलिमिटर वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान महाशाखालाई उद्धृत गरेर रोयटर्सले लेखेको छ। यो एकै दिन भएको ३०० वर्ष यताकै ठूलो वर्षा रहेको भनेर पनि रोयटर्सले लेखेको छ। वर्षापछि सोंख्ला प्रान्तका १६ वटा जिल्लालाई विपद क्षेत्र घोषणा गरी वस्ती खाली गर्न आदेश दिइएको छ। तीमध्ये ९ वटा जिल्लामा धैरै क्षति भएको बताइएको छ। बाढीका कारण सडकहरू बाँधिएका, घर–व्यवसाय, अस्पताल र विद्यालयसम्म जलमग्न भएका छन्। हात याई भित्र मूनग खालाले बगाए...
हङकङको आवासीय भवनमा भीषण आगलागी, कम्तीमा ४ जनाको मृत्यु
विदेश, समाचार, समाज

हङकङको आवासीय भवनमा भीषण आगलागी, कम्तीमा ४ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि भीषण आगलागी भइरहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । सार्वजनिक भएका तस्वीर र भिडियोमा धेरै भवनहरूमा आगलागी हुँदा ठूलो क्षति भएको देखिन्छ । अधिकारीहरूका अनुसार घटनास्थलबाट ९ जना घाइतेलाई अस्पताल लगिएकोमा चार जनाको उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । आगो सुरु भएको भवनबाट उद्धारका लागि धेरै सर्वसाधारणले प्रहरीलाई धेरै फोन आएका थिए । आगो बाँसको स्क्याफोल्डिङ हुँदै तीव्र गतिमा फैलिँदै आवास क्षेत्रमा रहेका कम्तीमा अन्य चार ब्लकमा क्षति पुर्‍याएको छ । अहिलेसम्म पनि आगो दन्किरहेक...
दाङमा यसवर्ष धान उत्पादन बढ्यो
कृषि, समाचार, समाज

दाङमा यसवर्ष धान उत्पादन बढ्यो

नेपालअखबार,दाङ। दाङमा यसवर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लाभर खेतीयोग्य जमिन ३९ हजार ४०० हेक्टर रहेकामा यस वर्ष ३६ हजार ४८१ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। गत वर्ष जिल्लामा ३६ हजार १०८ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएकामा एक लाख ७८ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो । त्यस्तै २०८० सालमा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट एक लाख ५८ हजार ३२८ मेट्रिकटन धान उत्पादन भएको कार्यालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । सूचना अधिकारी लामिछानेका अनुसार उत्पादन बढ्नुमा धानखेती यस वर्ष धेरै क्षेत्रफल जमिनमा लगाउनु, बीउमा सुधार, ढिल...
जंगल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
पर्यटन, समाचार, समाज

जंगल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालअखबार,नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्सोटमा समय बिताएर अधिकाँश पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा घुम्ने गर्छन् । ‘हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गरेको हुन्छ उसैलाई घुमाउछौँ’, मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीले भने। उनले खास गरी शनिबार आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परेको उल्लेख गर्दै विदेशीले बाघ देख्न पाउँदा निकै खुशी ह...