Sunday, September 21

सुरक्षा-अपराध

मानव बेचबिखन मुद्दामा फरार महिला आठ वर्षपछि पक्राउ
समाचार, समाज, सुरक्षा-अपराध

मानव बेचबिखन मुद्दामा फरार महिला आठ वर्षपछि पक्राउ

नेपालअखबार,काठमाडौं । महिलाहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पुर्‍याएको आरोपपछि फरार रहेकी एक महिला आठ वर्षपछि पक्राउ परेकी छन्। २०७४ साल वैशाख ७ गते रूपन्देहीका २ जना र एकजना प्यूठानकी महिलालाई कुवेत लैजाने भन्दै भारत पु¥याएकी बुटवल उपमहानगरपालिका वडा नम्बर ११ न्यु दुर्गा नगर बस्ने ४६ वर्षीय विष्णुमाया शर्मा परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। आठ वर्षसम्म फरार रहेकी परियारलाई सोमबार दुर्गा नगर घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। राम्रो कामको लागि कुवेत पठाउने भन्दै फकाइ फुलाई भारत पुर्‍याएपछि ती महिलाहरूले परियारमाथि आशंका गरेका थिए। परियारले नेपालबाट भन्दा भारतबाट कुवेत जान सहज हुने भन्दै महिलाहरूलाई आश्वस्त पारेकी थिइन्। तर भारतमा पुगेपछि आफूहरूलाई बेचबिखन वा गलत क्रियाकलापका लागि ल्याइएको आशंक...
पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्पद बस्तु बम नभएको खुलासा
समाचार, समाज, सुरक्षा-अपराध, हाइलाइट-समाचार

पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्पद बस्तु बम नभएको खुलासा

कपिल पौडेल पोखरा । पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्प्द बस्तु बम नभएको खुलासा भएको छ । नेपालि सेनाको बम डिस्पोजल टोलिले उक्त संकास्पद वस्तु डिस्पोज गरेको ्हो । सर्वसाधरण लाई त्रसित बनाउन बन्दकर्ताले उक्त वस्तु राखेको हुनसक्ने इप्रका हंसपुर का डिएसपि प्रकास दाहालले जानकारि दियका छन् ।
समाचार, समाज, सुरक्षा-अपराध

शान्ति सुरक्षा व्यवस्थापनमा कुनै सम्झौता हुदैन डिएसपि प्रकाश दाहाल

शान्ति सुरक्षा व्यवस्थापनमा कुनै सम्झौता नगर्ने डिएसपि प्रकाश दाहाल ले वतायका छन् । भर्खरै सर्वोच्च / विशेष अदालत सुरक्षा समन्वय ईकाइ रामसाहपथ काठमाडांै बाट सरुवा भयर इप्रका डांडाकोनाकको कमान्ड सम्हाल्न आएका डिएसपि दाहाल ले यस क्षेत्रको सुरक्षा संवेदनशिलता लाइ ख्याल राख्दै विशेष योजनाका साथ अगाडि बढ्ने बताय । भौगोलिक हिसावले इप्रकाको क्षेत्र ठुलो भयको तर दरवन्दी अनुसार प्रहरि कर्मचारि कम हुदा चुनौति रहेकोले सबैसंग सहयोगको अपेक्षा गरेका छन् नागरिक र प्रहरि विचको समन्वयले मात्रै समाजमा हुने अपराधिक क्रियाकलाप कम हुने भन्दै सवै सरोकारवाला संग सहकार्य को आग्रह गरेका छन् । लागुऔषध विक्रि तथा प्रयोग, चोरि डकैति, जुवातास नियन्त्रण मुख्य चुनौतिको विषय रहेको भन्दै यसलाइ कमि गराउनको लागि सादा पोषाकका प्रहरि खटाउने, दुर्वेशनि नियन्त्रणमा सरोकारवाला संग छलफल गर्ने तथा चेकजांचमा कडाइ गर्ने वताए । पूथ...
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते
अपराध, समाचार, समाज, सुरक्षा-अपराध

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

नेपाल अखबार, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।...
कतार प्रहरीमा पठाइदिने भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा
समाचार, समाज, सुरक्षा-अपराध

कतार प्रहरीमा पठाइदिने भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

नेपाल अखबार, काठमाडौं ।कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापनको पत्र सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजमा छापा मारेको हो । छापा मारेर उक्त विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । पत्रिकामा विज्ञापन निकालेको कटिङ देखाउँदै ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो । २०० जनाको डिमान्ड देखाएर उक्त कम्पनीको नामबाट विज्ञापन सार्वजनिक गरिएको थियो । उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको निर्देशक सुनुवारले बताए । आकस्मिक अनुगमनको क्रममा गतिविधि शंकास्पद देखिएपछि...