Sunday, October 4

स्वास्थ्य

डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित
समाचार, समाज, स्वास्थ्य

डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित

नेपालअखबार,काठमाडौँ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ५,२३८ जनामा डेंगु सङ्क्रमण देखिएको हो । २०८२ पुस १७ देखि २०८३ भाद्र ३० गते (जनवरी १ देखि सेप्टेम्बर १५, २०२६) सम्मको पाक्षिक विश्लेषण अनुसार देशका ७४ जिल्लाबाट यो सङ्ख्यामा डेंगु सङ्क्रमण तथ्याङ्क सार्वजनिक भएको हो। महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेंगु सङ्क्रमण थप बढ्न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण, रोकथाम तथा नियन्त्रणका सुझाव जारी गरिरहेको छ। ​देशका विभिन्न भागमा सङ्क्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लाहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। स्थानीय तहको तथ्याङ्क हेर्दा बागलुङ नगरपालिकामा सबैभन्दा बढी १,०१७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसैगरी पोखरा महानगरपालिकामा १८५ जना, इटहरी नगरपाल...
सहरमा फैलिँदै छ डेंगी, गाउँमा स्क्रब टाइफस
समाचार, समाज, स्वास्थ्य

सहरमा फैलिँदै छ डेंगी, गाउँमा स्क्रब टाइफस

नेपालअखबार, काठमाडौं ।  नेपालमै डेंगीको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा  डेंगी सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेंगी फैलिएको छ। बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो। सदरमुकाममा हाल घरैपिच्छे डेंगी सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ। दैनिकजसो डेंगी फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ। गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पु...
बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित
समाचार, समाज, स्वास्थ्य

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

नेपालअखबार, सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ । चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो । शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दि । शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए ।...
चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै
समाज, स्वास्थ्य

चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै

नेपालअखबार, काठमाडौं । बाढीबाट मृत्यु भएकाहरुमा हालसम्म चितवनमा ६४ वटा शव भेटिएका छन् । चितवन प्रहरी कार्यालयले ६४ शव भेटिएको जानकारी गराएको छ । शवको खोजी कार्य जारी रहेको हुँदा शवहरु थप फेला पर्नसक्ने प्रारम्भिक आकलन गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी गराए । चितवनमा रहेका स्वास्थ्य संस्थाहरुको अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता रहेको प्रहरी कार्यालयलाई जानकारी गराएका छन् ।‘शव खोजी कार्य जारी रहेको र शव राख्ने स्थानको अभावका कारण आपतकालीन व्यवस्थापनको रणनीति बमोजिम शवको सुरक्षा गर्नुपर्ने अवस्थ रहेको छ,’ चितवन प्रहरीले अनुरोध गरेको छ,‘यस्तो विषम परिस्थितिमा कहीँ कतै फेला परेमा नजिकको सुरक्षा निकायमा सूचना गर्नुहुन, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत क्षतिग्रस्त त्यस्ता शवका विभत्स तस्विरहरु सम्प्रेषण गरी सर्वसाधारणहरुमा तनाव, त्रास र आतंकित बनाउने क...
झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

नेपालअखबार,झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए ।...
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
समाचार, समाज, स्वास्थ्य

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

नेपालअखबार,चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उनले बताए । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत, साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशतमा देखिएको छ । यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रम...
काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन
विश्व, समाचार, स्वास्थ्य

काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन

नेपालअखबार, न्युयोर्क । डेमोक्रेटिक रिपब्लिक अफ काङ्गोमा फैलिरहेको इबोलाको नयाँ सङ्क्रमण इतिहासकै सबैभन्दा घातक बन्ने दिशातर्फ गइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गति कायम रहेमा यो प्रकोपले सन् २०१४-२०१६ को महामारीलाई पनि जित्ने बताएका हुन्। उक्त महामारीमा कम्तीमा ११ हजार मानिसको ज्यान गएको थियो। यस वर्षको मे १५ मा औपचारिक घोषणा गरिएको यो प्रकोपबाट हालसम्म ४ हजार ३ सय भन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सङ्गठनले तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने आशा राखेको छ। तर यसको अर्थ महामारी पूर्ण रूपमा अन्त्य हुनु नभई सङ्क्रमणको दरलाई घटाउनु मात्र रहेको चेतावनी पनि दिइएको छ। मे महिनामा मात्र औपचारिक घोषणा गरिए पनि य...
भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति
समाचार, समाज, स्वास्थ्य

भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति

नेपालअखबार, काठमाडौं । भारतले डेंगी विरूद्धको खोपलाई पहिलो पटक स्वीकृति दिएको छ। जापानस्थित ताकेदा बायो-फार्मास्युटिकल्सले उत्पादन गरेको डेंगी विरूद्धको खोपलाई भारतको औषधि नियामक निकायले स्वीकृति दिएको हो। कम्पनीले 'क्युडेंगा' (QDENGA) नामको उक्त खोपलाई बजार अनुमति दिइएको सोमबार घोषणा गरेको भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' ले लेखेको छ। हिन्दुस्तान टाइम्सका अनुसार क्युडेंगा भारतमा प्रयोगका लागि स्वीकृति पाउने पहिलो डेंगी खोप हो। 'भारतको ड्रग्स कन्ट्रोलर जनरलले ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोगको रोकथामका लागि यो खोप प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ,' ताकेदा बायो-फार्मास्युटिकल्स इन्डियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो खोप पहिले डेंगी संक्रमण भएको वा नभएको दुवै अवस्थाका मानिसलाई कुनै परीक्षण नगरिकनै दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो खोप डें...
गणेश नेपालीबारे वीर अस्पतालले भन्यो– कुनै पनि समयमा अवस्था बिग्रन सक्छ
समाचार, समाज, स्वास्थ्य

गणेश नेपालीबारे वीर अस्पतालले भन्यो– कुनै पनि समयमा अवस्था बिग्रन सक्छ

नेपालअखबार, काठमाडौँ ।  त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषज्ञ टोली २४ सै घण्टा उपचारमा खटिएको जनाएको छ। गणेशको अवस्थाबारे अहिले नै ठोस रूपमा भन्न नसकिने र कुनै पनि समयमा अवस्था बिग्रन सक्ने पनि अस्पतालको भनाइ छ। ‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ। बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि गणेशको अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ। ...
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
समाचार, समाज, स्वास्थ्य

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

नेपालअखबार, ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । डा उपाध्यायका अनुस...