Monday, August 31

स्वास्थ्य

देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा  । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिले कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।...
पोखरामा ८ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ८ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १९ का ३ जना ५८, ६८, ८८ वर्षीया महिला र ५७ तथा ६० वर्षीया २ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नमबर १५ की ३२ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ३२ का १९ वर्षीया १ जना पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अगाडि आज बिहान माबै पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने संख्या १३ सय ८३ रहेको निर्देशनालयले जानकारी दिएको छ ।...
कोरोना संक्रमण परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन
राजनीति, समाचार, स्वास्थ्य

कोरोना संक्रमण परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

नेपाल अखबार, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वाब संकलन गरिएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाका शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो । ‘पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ उनले भने । स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो ।...
पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए ।  कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए । यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।  ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।...
कोरोना महामारी भारतमा  : २० लाख संक्रमित, ४० हजारको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना महामारी भारतमा : २० लाख संक्रमित, ४० हजारको मृत्यु

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोना संक्रमण डरलाग्दो गरी बढिरहेको छ । कोरोना महामारीले हालसम्म संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको अन्तरराष्ट्यि समाचार माध्यमहरुले जनाएका छन् । भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ७ सय पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको छ । जुलाई २८ यताको ९ दिनमा मात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।...
१२ जना संक्रमित २ दिन देखि सम्पर्कविहीन
समाचार, स्वास्थ्य

१२ जना संक्रमित २ दिन देखि सम्पर्कविहीन

नेपाल अखबार, काठमाडौं । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ । योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । ‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्छ,’ इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला भन्छन्, ‘गलत नम्बर मात्र होइन, बस्न ठेगानासमेत गलत टिपाएका छन् ।’ कोइरालाका अनुसार बुधबार १६ जना संक्रमित सम्पर्कविहीन थिए । तर विहीबार १० जना सम्पर्कमा आए, फेरि विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन छन् । ‘ती आज सम्पर्कमा आउलान् कि ?’ कोइरालाले भने । यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइराला बताउँछन् । ‘पछिल्लो सात...
वीरगञ्जमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,वीरगञ्ज  ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा १५ वर्षका देखि ७९ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका १ सय ४२ जना सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् । वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका ५ जना नेपाली सेना र ५ जना डाक्टर रहेका छन् । त्यसैगरी संक्रमितहरु बीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकै...
कोरोनाभाइरसको संक्रमणबाट सिरहाका एक युवकको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाभाइरसको संक्रमणबाट सिरहाका एक युवकको मृत्यु

नेपाल अखबार, सिरहा । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा  मृत्यु भएको छ । गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो । ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला  स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवले जानकारी दिए ।...
कोरोना महामारीमा चाडपर्व मनाउन सरकारले ल्यायो निर्देशिका
प्रशासन, समाचार, स्वास्थ्य

कोरोना महामारीमा चाडपर्व मनाउन सरकारले ल्यायो निर्देशिका

नेपाल अखबार, काठमाडौं । सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको छ । सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ । घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन, कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । यस्तै धार्मिक स्थलमा हुने भेला तथा कार्यक्रममा बढीमा २५ जना मात्र भेला हुन, भौतिक दुरी कायम गर्न, रेलिङ, बार, देवीदेवताको मूर्ति नछुन, सार्वजनिक स्थानमा जथाभावी नथुक्न, खोक्दा तथा हाच्छ्यु गर्दा मुख छोप्न भनिएको छ । यस्तै ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र ...
संसद सचिवालयका प्रवक्तामा कोरोना संक्रमण, केही संक्रमित सम्पर्कविहीन
समाचार, स्वास्थ्य

संसद सचिवालयका प्रवक्तामा कोरोना संक्रमण, केही संक्रमित सम्पर्कविहीन

नेपाल अखबार, काठमाडाैं।  केही दिन अगाडि मात्रै कोरोना फैलिइएको जिल्लाबाट काठमाडौं फर्किएका संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पाण्डे सांसद प्रदीप यादव सहितको टोलीसंग वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराई पुगेका थिए, जहाँका विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएको छ । सांसद प्रदीप यादवलाई समेत यस अगाडि नै कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । यता हिजो काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ जना सम्पर्कविहीन भएका छन् । बुधार काठमाडौंमा १ सय २ जनामा संक्रमण भएकोमा ८ जना स्वास्थ्यकर्मीको निगरानीबाट सम्पर्कविहीन रहेको इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । १६ जना संक्रमित सम्पर्कविहीन भए पनि ८ जना भने सम्पर्कमा आएका छन् । सम्पर्कविहीन संक्रमित कोरोना फैलिएका तराईका विभिन्न जिल्लाबाट आ...