गण्डकीमा थप १७ जनामा कोरोना
नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार कोरोना संक्रमित थपिने जिल्लामा तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका छन् । साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ ।
मंगलबार कोरोना संक्रमित पुष्टि हुनेमा ८ जना कास्कीका छन् । जसमध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् । एकजना मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् ।
‘अर्का एकजना पनि पुरुष नै हुन् । तर, प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा भूलबस महिला भन्ने आएको छ,’ अधिकृत आचार्यले भने, ‘विज्ञप्तिमा पोखरा महानगर ठेगाना भनिएको छ । तर, उनी भारतबाट आएका हुन् । ठेगाना खुल्न बाँकी छ ।’
कोरोना पुष्...
