सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक
नेपाल अखबार, कैलाली। सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२।८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये दुईजनाको मृत्यु र २६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीका अनुसार सङ्क्रमितमध्ये २३४ जना भारतबाट फर्किएकाहरुमा देखिएको छ ।
त्यसैगरी सुदूरपश्चिममा भारतबाट बाहेक एकजना दुबईबाट फर्किएका धनगढीका युवकमा यहाँ पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् । “अहिले तीन सुरक्षाकर्मी, चार स्वास्थ्यकर्मी र दुईजना सवारी चालकमा समेत सङ्क्रमण देखिएको छ” निर्देशनालयका तथ्याङ्क सहायक गिरीले भने, “सङ्क्रमितमध्ये ९२.८५ प्रतिशत भारतबाट फर्क...
