अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
नेपालअखबार,टेक्सास । अमेरिकामा लामो समयपछि एकपटक फेरि खतरनाक परजीवी ‘न्यु वर्ल्ड स्क्रु–वर्म’ भेटिएको पुष्टि भएको छ । टेक्सास राज्यको जाभाला काउन्टीमा एक तीन हप्ताको बाछोमा यो परजीवी फेला परेको अमेरिकी कृषि विभाग (यूएसडीए) ले जनाएको छ ।
सन् २०१७ पछि पहिलो पटक अमेरिकामा यो खतरनाक किरा फेला परेको हो । यसको लार्भा जीवित जनावरको शरीरभित्र प्रवेश गरेर मासु खाने भएकाले यसलाई अत्यन्तै घातक मानिन्छ । यसले पशुधनमा ठूलो क्षति र आर्थिक नोक्सान निम्त्याउन सक्ने खतरा रहन्छ ।
के हो स्क्रु–वर्म ?
यूएसडीएका अनुसार यो एक प्रकारको झिँगा हो, जसको लार्भा घाउ वा शरीरका नरम भागमा छिरेर भित्रभित्रै मासु नष्ट गर्दछ । अहिले संक्रमित बाछोको नाभिमा यसको लार्भा भेटिएको बताइएको छ । यो परजीवी सन् १९६६ मा नै अमेरिकाबाट पूर्ण रूपमा उन्मूलन गरिएको थियो । तर पछि सन् २०१७ मा फ्लोरिडा कीज क्षेत्रमा यसको सानो प्रको...










