Thursday, July 16

स्वास्थ्य

वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो
समाचार, स्वास्थ्य

वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

नेपालअखबार, काठमाडौँ । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा  वीर  अस्पतालमा  सञ्चालित  चिकित्सक  परामर्श  युनिटले  विभिन्न  ५२÷५३  देशमा  कार्यरत  ६६९ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ । जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल  अधिकृत  डा.  सञ्जय  धरेलले  जानकारी  दिए । उनले विशेषज्ञ सेवा लिनेमध्ये अधिकांश सामान्य रोगका कारण पनि ठूलै रोग लाग्यो कि भन्ने आशङ्काले मनोरोगी हुने धेरै भएको पनि जानकारी दिए । टेलिमेडिसिन सेवाका लागि एक युवाको फोन रेकर्ड सुनाउँदै डा. धरेलले भने, “रोग ग्यास्ट्रिकको हुन्छ तर ठुलो रोग लागेको आशङ्का गरेर मानसिक रोगी भएको पाइयो । उहाँलाई मनोचिकित्सकमार्फत परामर्शपछि  सामान्य  ग्यास्ट्रिकको  औष...
हरेक ३० मध्ये १ बच्चाको ५ वर्ष उमेर नपुग्दै मृत्यु
प्रशासन, समाचार, समाज, स्वास्थ्य

हरेक ३० मध्ये १ बच्चाको ५ वर्ष उमेर नपुग्दै मृत्यु

नेपालअखबार, काठमाडौँ. । नेपालमा प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले उक्त तथ्य देखाएको हो । सर्वेक्षणको नतिजा अनुसार विगतको तुलनामा बाल मृत्युदर भने घटेको छ । तर, निर्मूल भने हुन नसकेको हो । सन् १९९६ मा गरिएको पहिलो सर्वेक्षणको तुलनामा सन् २०२२ मा बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको देखाएको स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए । सन् १९९६ मा  जीवित जन्ममा प्रतिशत हजार ५ वर्ष मुनीका ११८ बालबालिकाको मृत्यु हुने गरेको थियो । सन् २०२२ को तथ्याङ्क अनुसार उक्त सङ्ख्या घटेर ३३ मा झरेको देखाएको छ ।...
भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव
समाचार, समाज, स्वास्थ्य

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालअखबार, नेपालगञ्ज। भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ। अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले बताएका छन्। भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ। अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ। स्थानीयवासी सीता केसीले दुईजना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको बताइन्। उनले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको उल्लेख गरिन्। भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आप...
चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या
समाचार, स्वास्थ्य

चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

नेपालअखबार। नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोषको समस्या देखिएको छ । अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो । सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ बर्षसम्मका बिद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण पश्चात समस्या देखिएका बालबालिकाहरुलाई निशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको बताउछन् नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यबस्थापक रन्जन शाह । उक्त परियोजना मार्फत ४ बर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक बिद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उ...
राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो
राजनीति, समाचार, स्वास्थ्य

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको जानकारी दिए । राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । मंगलबार दिउँसो उनको मुटुको शल्यक्रिया भएको हो । गत मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका थिए । पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो । ...
मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

नेपालअखबार, तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो । यसअगाडि वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनले भने, ‘बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो । अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छ ।’ पाँच  मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए । उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताल...
यस्ता हुन्छन् मंकिपक्सका लक्षण, रोकथामका लागि के गर्ने?
समाचार, स्वास्थ्य

यस्ता हुन्छन् मंकिपक्सका लक्षण, रोकथामका लागि के गर्ने?

नेपालअखबार, काठमाडाैं। नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकिपक्स भाइरस (एमपक्स) को संक्रमण देखिएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासिनीले मंकिपक्स भाइरस ज्वरो आएको बेला बढी संक्रमण हुने जानकारी दिए। उनले संक्रमितको सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुपर्ने बताए। ‘मंकिपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्छ। नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन’, उनले भने। लक्षणहरू एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जना...
राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना
समाचार, स्वास्थ्य

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या देखिएको छ । उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको  थियो । थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य छ । गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: समस्या देखिएको हो । राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।...
गण्डकी सरकारले क्यान्सरको उपचारमा १ लाखसम्म सहायता गर्ने
राजनीति, समाचार, स्वास्थ्य

गण्डकी सरकारले क्यान्सरको उपचारमा १ लाखसम्म सहायता गर्ने

नेपालअखबार, पाेखरा । १० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने जनाएको हो । डायलासिस सेवाका प्रतिक्षामा रहेका विरामीको संख्या शून्यामा झार्न र डायलासिस सेवा प्रवाहको क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको छ । शुक्रबार प्रस्तुत बजेटमार्फत यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् । निमोनिया स्वास्थ्य स्वयं सेविकाको आत्मसम्मान बढाउने कार्यक्रम सञ्चालन गर्न १ करो ८९ लाख रुपैयाँ छुट्याएको छ । सरकारले निमोनिया र पाठेघरको मुखको क्या...
माछापुच्छ्रे –१ शारदा मा.वि मा निशुल्क दंन्त परिक्षण
समाचार, समाज, स्वास्थ्य

माछापुच्छ्रे –१ शारदा मा.वि मा निशुल्क दंन्त परिक्षण

नेपालअखबार, हेमजा । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा विहिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधि सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिनुभयो ।पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गर्नुभएको थियो । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग...