Wednesday, July 15

स्वास्थ्य

चितवनमा डेङ्गु सङ्क्रमित २ हजार नाघे
समाचार, समाज, स्वास्थ्य

चितवनमा डेङ्गु सङ्क्रमित २ हजार नाघे

नेपालअखबार, भरतपुर । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भ...
कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
समाचार, स्वास्थ्य

कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

नेपालअखबार, काठमाडाैं । ओमिक्रोनको संक्रामक सबभेरिएन्ट ‘एक्सबीबी’ नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो । यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ । यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गर...
थप ५२ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप ५२ जनामा कोरोना संक्रमण

नेपालअखबार, काठमाडाैं । देशभर थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। १७६३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ७४५ जनाको पिसिआर गर्दा ४५ जना र १०१८ जनाको एन्टिजेन गर्दा ७ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर ६६७ जनामा सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १६ जना संक्रमणबाट निको भएका छन्।...
देशभर थपिए ६३ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

देशभर थपिए ६३ जना कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १ हजार ४ सय जना सक्रिय संक्रमित छन्। १०३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।...
२८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ । त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमित रहेको  मन्त्रालयले जनाएको छ ।...
डेंगुले फस्टायो नरिवलपानी, किवी, अम्बा र मेवाको व्यापार
समाचार, समाज, स्वास्थ्य

डेंगुले फस्टायो नरिवलपानी, किवी, अम्बा र मेवाको व्यापार

नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेसँगै शक्तिबर्धक फलफूलको बिक्रीमा उछाल आएको व्यापारीहरुले बताएका छन् । नेपाल फलफूलथोक व्यवसायी संघकाअनुसार बजारमा पहिले भन्दा अहिले नरिवल, किवी, अम्बा र मेवाको व्यापारमा उछाल नै आएको छ । संघका अध्यक्ष अमर बानियाँले नेपाली उत्पादनले नपुगेर भारतको कर्नाटकदेखि ठूलो मात्रामा नरिवलपानी भित्रिइरहेको बताए । नेपालको झापा लगायतका जिल्लामा फलेको उत्पामदन सकिएका कारण भारतबाट आयात बढेको उनले बताए । यस्तै दोस्रो ठूलो कारोबार किवीमा छ । डेंगुका बिरामीले खानका लागि बजारमा किवीको माग बढ्दा बजारमा अहिले दक्षिण अफ्रिका र थाइल्याण्डदेखि किवी भित्रिन थालेको छ । ‘पहिले दैनिक पाँच सय पिस पनि नआउने नरिवल पानी अहिले दैनिक २५ हजार किलो पुगेको छ,’ बानियाँले भने,‘यो हाम्रो व्यापार इतिहासकै धेरै हो ।’ बजारमा अम्बा भने नेपाली उत्पादनले धानेको बानिय...
डेंगुबाट एकैदिन २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो
समाचार, स्वास्थ्य

डेंगुबाट एकैदिन २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो

नेपालअखबार, काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डें...
पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन् ।...
देशभरि अहिले डेंगीको प्रकोप बढ्दै
समाचार, स्वास्थ्य

देशभरि अहिले डेंगीको प्रकोप बढ्दै

नेपालअखबार, काठमाडाैं । देशभरि अहिले डेंगीको प्रकोप बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ। तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्रमितको झन्डै ७८ प्रतिशत) जनामा संक्रमण देखिएको छ। बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन्। लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ। अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ। घरमा रहेका डेंगी बिरामीले के खाने/ के नखाने?  अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ। कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्य...
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिए

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ । नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्क...