Tuesday, July 14

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि
समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार १४८ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्...
हैजा सङ्क्रमितको सङ्ख्या २८ पुग्यो
समाचार, स्वास्थ्य

हैजा सङ्क्रमितको सङ्ख्या २८ पुग्यो

नेपालअखबार, काठमाडाैं । हैजा सङ्क्रमित सङ्ख्या  २८ पुगेको छ ।  काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार  गरिएको परीक्षणमा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्टूल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो । असार दुई गते पहिलो पटक हैजा पुष्टि भएको थियो ।...
देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालअखबार, पाेखरा । देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।...
एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, पाेखरा । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।...
बागलुङमा भेटिए डेंगीका बिरामी
समाचार, स्वास्थ्य

बागलुङमा भेटिए डेंगीका बिरामी

नेपालअखबार, बागलुङ। बागलुङमा डेंगीका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै डेंगीको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो। धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगी पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए। उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए। सङ्क्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन्। ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ। उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगी हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ। रा...
एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, पाेखरा ।पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार १२४ पुगेको छ ।...
१०२ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

१०२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
स्वास्थ्य मन्त्रीद्वारा राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन
राजनीति, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रीद्वारा राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम राज्यमन्त्रीलाई प्रत्यायोजन गर्नुभएको छ । मन्त्री खापुङले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन केसीलाई केही जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । मन्त्री खापुङले राज्यमन्त्री केसीलाई दिनुभएको पत्र अनुसार ५ वटा कामको जिम्मेवारी दिइएको छ । राज्यमन्त्री केसीले पाउनु भएको अधिकार  १. मन्त्रालय वा अन्तर्गत निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने। २. विशिष्टीकृत अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने । ३. विशिष्टिकृत अस्पतालहरुको न्युनतम सेवा मापदण्ड  सम्बन्धी विस्तृ...
पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।...
चितवनमा हैजाको उच्च जोखिम
समाचार, समाज, स्वास्थ्य

चितवनमा हैजाको उच्च जोखिम

नेपालअखबार, चितवन।  सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौंडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् । भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिन्छन् । उनको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनले सुझाव दिए । पौडेलले भने, “पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।...