Tuesday, July 14

स्वास्थ्य

देशभर थपिए ११३ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

देशभर थपिए ११३ कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११३ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ७२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ५४९ जनाको पिसिआर र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४७१ जना सक्रिय संक्रमित छन्। २० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।...
काठमाडौँ उपत्यका बाहिर पनि फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यका बाहिर पनि फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो

नेपालअखबार, काठमाडाैं । काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार हेटौँडा पनि हैजा पुष्टि भएको हो । त्यस्तै  चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ । भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र हेटौँडाका हैजा सङ्क्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको इडीसीडीले जनाएको छ । हैजा सङ्क्रमणको मुख्य स्रोत पानी भएको दासले बताए ।  काठमाडौँ उपत्यकामा मात्रै १८ स्थानमा हैजा देखिएको  छ । हैजा तथा झाडापखालाबाट बच्चाका लागि पानी उमालेर तथा क्लोरिन झोल राखेर शुद्धीकरण गरिएको पानी मात्रै पिउन डा.दासले आग्रह गरेका छन् । सडेगलेको बासी, झिँगा भन्केका नखान उनको आग्रह छ ।  खानेकुरालाई राम्रोसँग पक...
ओमिक्रोनकाे सवभेरियन्टबाट जोगिन चीनको सियान सहरमा फेरि लकडाउन
विश्व, समाचार, स्वास्थ्य

ओमिक्रोनकाे सवभेरियन्टबाट जोगिन चीनको सियान सहरमा फेरि लकडाउन

नेपालअखबार, एजेन्सि। कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका  हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो । सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ । सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन...
आज थपिए ९० जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

आज थपिए ९० जना कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । मंगलबार देशभरि ९० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टी भएको हो। उनीहरूमध्ये ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो भने १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। धेरै समयपछि नेपालमा एकैदिन ९० संक्रमित थपिएका हुन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। अहिले देशभरि ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म ११ लाख २० हजार मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ भने तीमध्ये ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन्।...
भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट
समाचार, स्वास्थ्य

भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट

नेपालअखबार, एजेन्सि। भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्ने जिकिर गरेका छन् । हालसम्म भारतसहित ८ देशमा ओमिक्रोनको यो नयाँ सब भेरियन्ट पुष्टि भएको छ । २ जुलाईसम्म महाराष्ट्र, पश्चिम बङ्गाल, दिल्ली, जम्मू कश्मीर, मध्य प्रदेश, तेलंगाना, उत्तर प्रदेश, हरियाणा, कर्नाटक र हिमाचलमा यसका ६९ सङ्क्रमित फेला परेका छन् । विज्ञहरूले भाइरस कमजोर बन्दै गएपछि यसका नयाँ–नयाँ सब–भेरियन्ट आउनु स्वाभाविक भएको बताएका छन् । भारतमा हाल ओमिक्रोनको सब भे...
Post Covid scenario: Pokhara’s tourism industry signals gradual revivality
साहित्य \कला, स्वास्थ्य

Post Covid scenario: Pokhara’s tourism industry signals gradual revivality

An occasional traveller, Pramila Lama, decided to leave Kathmandu to spend some quality time with her family after  Nepali new year ,the most celebrated festival in Nepal .She along with her three family members chose Dhampus, 25 kilometres northwest of Pokhara for their excursion. They   spent a night at a local homestay. “We were locked for almost  two years. So, we made the plan for this trip," Lama said. Like Pramila Lama, 25 years old Binod Gautam from Dharan also feels the same. He chooses Ghandruk for his tourism destination. "Pandemic  made us lock ourselves inside the home. We all were so desperate and aloof from the outside world." Gautam said. Pokhara being my all time favourite place, I have chosen to spend my quality time.This time I am planning to visit Ghandruk for local ...
बालबालिकालाई लगाउन ल्याइयो २३ लाख मात्रा खोप
समाचार, स्वास्थ्य

बालबालिकालाई लगाउन ल्याइयो २३ लाख मात्रा खोप

नेपालअखबार, काठमाडाैं। बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए। उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। आइतबार प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ। यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो। सरकारले ५ देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ। पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो। सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ।यस्तै द...
थप ४४ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप ४४ जनामा कोरोना संक्रमण

नेपालअखबार , काठमाडौं । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार नै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ । जसमध्ये ३०७ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४ जना आईसीयूमा छन् ।...
२४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, पाेखरा । पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६९८ जनामा गरिएको नमूना परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३१६४७७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।...
काठमाडौंमा १४ जनामा देखियो हैजा
समाचार, स्वास्थ्य

काठमाडौंमा १४ जनामा देखियो हैजा

नेपाल अखबार, काठमाडाैं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ। उपत्यकामा १४ जनामा हैजा देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए। बुधबार गृह मन्त्रालयमा आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा दासले १४ जनामा हैजा देखिएको र उपचारपश्चात घर फर्किएका बताए हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ। दासले हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको बताए।...