Tuesday, July 14

स्वास्थ्य

एकै दिन ६२ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

एकै दिन ६२ जनामा कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो । एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । जसमध्‍ये २५६जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ११२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।...
पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।...
थप २७ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप २७ जनामा कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमधेय १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् । अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।...
थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १७७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् । यस्तै कोरोनाका १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३५६ जना संक्रमणमुक्त भएका छन् ।...
पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ।  अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १.९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १.२७ प्रतिशत रहेको थियो ।  अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०.५ प्रतिशतमा सीमित थियो ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२ जना रहेको छ भने हाल सक्रिय संक्रमित १६३ जना रहेका छन् । हाल देशभर जम्मा पोजेटिभ केस पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७९ हजार ४५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार ४०९ जनामा देखिएको छ । तीमध्ये हालसम्म...
थप ३१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप ३१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । नेपालमा देशभर थप ३१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।...
२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। भारतमा पछिल्लो २० दिनमा पाँच गुणाले कोरोना संक्रमित बढेका छन्। भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्। पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो एक सातामा मात्र भारतमा ८२ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। मंगलबार ८८२२ संक्रमित फेला परेको भारतमा त्यसपछि लगातार ५ दिन १२ हजारभन्दा बढी संक्रमित फेला परे। बुधबार १२२१३, बिहिबार १२८४७, शुक्रबार १३२१६, शनिबार १२८९९ र आइतबार १२७१७ जना नयाँ संक्रमित फेला परेका छन्। सोमबार संक्रमितको संख्या घटेको छ। पछिल्लो २४ घन्टामा ९८७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। यस्तै ७२५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। ...
पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११७ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७६७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३१० जना संक्रमणमुक्त भएका छन् ।...
स्वयम्सेवक बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण रोकियो
विश्व, समाचार, स्वास्थ्य

स्वयम्सेवक बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण रोकियो

नेपालअखबार,एजेन्सि। औषधी निर्माता कम्पनी जोनसन एन्ड जोनसनले कोभिड–१९ विरुद्धको सम्भावित खोपको क्लिनिकल परीक्षणलाई रोकेको सोमबार जानकारी दिएको छ । खोप दिएका एक स्वयम्सेवक बिरामी परेपछि कम्पनीले परीक्षणलाई रोकेको कम्पनीले जानकारी दिएको हो । ‘हाम्रो निर्देशिकाअनुसार ती स्वयम्सेवकको रोगलाई इन्डिपेन्डेन्ट डाटा सेफ्टी मोनिटरिङ बोर्ड (डीएसएमबी) ले समीक्षा र मूल्याङ्कन गरिरहेको छ । त्यस्तै, हाम्रा आन्तरिक डाक्टरहरुले पनि यसबारे जाँच गरिरहेका छन्,’ कम्पनीले वक्तव्य जारी गर्दै भनेको छ । जोनसन एन्ड जोनसनको जानसेन भ्याक्सिनले उक्त खोपको विकास गरिरहेको छ । कम्पनीले ती स्वयम्सेवकमा देखिएको बिरामी के हो भनेर खुलाएको छैन । तर, क्लिनिकल परीक्षणको उद्देश्य भनेकै खोपको खतरनाक साइड इफेक्ट छ कि छैन भनेर जाँच गर्नु हो । त्यस्तो देखिए परीक्षणलाई रोकेर डाक्टरहरुले उक्त अवस्था खोपका कारण या अन्य कारणले आएको भनेर स...