स्वयम्सेवक बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण रोकियो
नेपालअखबार,एजेन्सि। औषधी निर्माता कम्पनी जोनसन एन्ड जोनसनले कोभिड–१९ विरुद्धको सम्भावित खोपको क्लिनिकल परीक्षणलाई रोकेको सोमबार जानकारी दिएको छ । खोप दिएका एक स्वयम्सेवक बिरामी परेपछि कम्पनीले परीक्षणलाई रोकेको कम्पनीले जानकारी दिएको हो ।
‘हाम्रो निर्देशिकाअनुसार ती स्वयम्सेवकको रोगलाई इन्डिपेन्डेन्ट डाटा सेफ्टी मोनिटरिङ बोर्ड (डीएसएमबी) ले समीक्षा र मूल्याङ्कन गरिरहेको छ । त्यस्तै, हाम्रा आन्तरिक डाक्टरहरुले पनि यसबारे जाँच गरिरहेका छन्,’ कम्पनीले वक्तव्य जारी गर्दै भनेको छ ।
जोनसन एन्ड जोनसनको जानसेन भ्याक्सिनले उक्त खोपको विकास गरिरहेको छ । कम्पनीले ती स्वयम्सेवकमा देखिएको बिरामी के हो भनेर खुलाएको छैन । तर, क्लिनिकल परीक्षणको उद्देश्य भनेकै खोपको खतरनाक साइड इफेक्ट छ कि छैन भनेर जाँच गर्नु हो । त्यस्तो देखिए परीक्षणलाई रोकेर डाक्टरहरुले उक्त अवस्था खोपका कारण या अन्य कारणले आएको भनेर स...
