Saturday, May 9

स्वास्थ्य

नेपालमा डेंगुको प्रकोप बढ्दो, सङ्क्रमितको संख्या २ हजार ६३५ पुग्यो
समाचार, समाज, स्वास्थ्य

नेपालमा डेंगुको प्रकोप बढ्दो, सङ्क्रमितको संख्या २ हजार ६३५ पुग्यो

नेपालअखबार,काठमाडौँ । नेपालमा डेंगुको सङ्क्रमण दर बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) अनुसार २ हजार ६३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।गएको एक सातामा १७१ जना नयाँ डेंगुका बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १७ जनामा सङ्क्रमण देखिएको छ । हालसम्म देशका ७४ जिल्लामा डेंगु फैलिसकेको महाशाखाले जनाएको छ । प्रदेशगत तथ्याङ्कलाई केलाउँदा गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको छ । ७ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्र गण्डकीमा ५२ नयाँ बिरामी थपिएका छन् । त्यसैगरी, बागमती प्रदेशमा ५ सय ४५ र लुम्बिनी प्रदेशमा ४सय २३ जनामा सङ्क्रमण देखिएको छ ।...
प्रसूति गृहमा ओपीडी टिकट निःशुल्क, एचआइभी परीक्षणमा ५० प्रतिशत छुट
समाचार, समाज, स्वास्थ्य

प्रसूति गृहमा ओपीडी टिकट निःशुल्क, एचआइभी परीक्षणमा ५० प्रतिशत छुट

नेपालअखबार,काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले महिला स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६६ औँ वार्षिकोत्सवको अवसरमा छुट सेवा प्रदान गरिने भएको हो ।आजदेखि निःशुल्क ओपीडी टिकट र एचआइभी डीएनए परीक्षणमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले बताए । वार्षिकोत्सवको उपलक्ष्यमा कुपण्डोलस्थित नयाँ ओपीडी भवनबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्त्रीरोग (गाइनोकोलोजी) सम्बन्धी सेवा लिन आउने बिरामीहरूलाई कुनै पनि शुल्क नलाग्ने उनले बताए । यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम पत्ता लगाउन गरिने परीक्षण एचआइभी डीएनए परीक्षणमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।...
निःशुल्क ओपीडी सेवा प्रदान गर्दै, काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले प्रारम्भिक चरणमा
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

निःशुल्क ओपीडी सेवा प्रदान गर्दै, काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले प्रारम्भिक चरणमा

नेपालअखबार,काठमाडौँ ।  काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबार देखि पुनः सञ्चालनमा आएको छ । निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका पूर्व अध्यक्ष बसुरुद्धिन अन्सारी नेतृत्वको टोलीले घट्टेकुलोमा रहेको भवनबाट अस्पताल पुन सञ्चालनमा ल्याएका हुन् । १०० शैय्याको स्विकृति लिएर सेवा प्रारम्भ गरेको भनिएको यस अस्पतालले केही वर्ष भित्रै ३०० शैय्यामा स्तरोन्नती गरी एमबीबीएस तथा एमडी कोर्ष सञ्चालन गर्ने लक्ष्य लिएको छ । काठमाडौँ नेशनल मेडिकल कलेज आठ वर्ष अघि नै एमबीबीएस अध्यापनको लागि सम्वन्धन पाएको थियाे । कलेजका अध्यक्ष बसुरुद्धिन अन्सारीले भने  ‘त्यसबेला केही प्राविधिक समस्याहरु भए, पाइसकेको सम्वन्धन रोकियो र चलिसकेको अस्पताल बन्द भयो । त्यसपछि चिकित्सा शिक्षा आयोग बन्यो त्यसले उपत्यकाका लागि दश वर्षे बार लगाइदियो । त्यसैले हामी बीचमा हरायौँ । अब हामी नयाँ अनुभव, टिम जोश जागरसहित आए...
देशभर डेंगुको प्रकोप बढ्दो
समाचार, समाज, स्वास्थ्य

देशभर डेंगुको प्रकोप बढ्दो

नेपालअखबार,काठमाडौँ । पछिल्लो समय देशभर डेंगुको सङ्क्रमण तीव्र गतिमा बढको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको जनावरी महिनायता २ हजार ५ सय ८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै १३१ नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा १३ जनामा सङ्क्रमण देखिएको छ ।यो वर्षको जुलाई महिनामा मात्र ६९२ जना डेंगु सङ्क्रमित थपिएका छन् । जुन जुन महिनाको ५१५ केसभन्दा बढी हो । गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रदेशमा ७ सय ३२ केस पुष्टि भएको छ । बागमती प्रदेश ५ सय ३७ केससहित दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशमा ४ सय ९ केसहरू देखिएका छन् । देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुको बढ्दो जोखिमलाई ध्यानमा राख्दै ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकार...
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
प्रशासन, समाचार, समाज, स्वास्थ्य

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए । रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिए । उनले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिएका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा ...
प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक
समाचार, समाज, स्वास्थ्य

प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका हुन् । उनले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिए । उनले परिवार नियोजन संघसँग मिलेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रजनन स्वास्थका कार्यक्रम गर्दै जाने बताए । मन्त्री पाठकले आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थबारे कार्यक्रम ल्याउने पनि आश्वासन दिए । कार्यक्रमा उपस्थित गण्डकी प्रदेशसभाका सदस्यहरुले यौन तथा प्रजनन स्वास्थ...
नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी
समाचार, समाज, स्वास्थ्य

नेपाल चिकित्सक संघले दियो आन्दोलनको चेतावनी

नेपालअखबार,काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुन: आन्दोलनको चेतावनी दिएको छ । संघका महासचिव डा. सन्जिव तिवारीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तत्काल सहमति कार्यान्वयनको माग गरेका छन् । गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा नेपाल चिकित्सक संघ र सरकारका तर्फबाट तीनजना मन्त्रीहरूबीच उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार, विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी ३ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा महाशाखा प्रमुख, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका संयोजक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रा...
स्वास्थ्य बीमाको सेवा अब एक महिनामै
समाचार, स्वास्थ्य

स्वास्थ्य बीमाको सेवा अब एक महिनामै

नेपालअखबार,काठमाडौं । स्वास्थ्य बीमाको सेवा सुविधा लागु हुने समय अब छोट्टिने भएको छ । सरकारले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ अनुसार बिमित व्यक्तिले बीमामा दर्ता भएको महिनापश्चात् तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा-सुविधा लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नयाँ व्यवस्थाअनुसार बिमितले बीमा गरेको एक महिना भित्रमै सेवा लिन सक्नेछन् । बोर्डले आउदो १ साउनदेखि लागु हुनेगरी एक महिनाको अन्तरमा उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि बीमा आवद्ध भएका नागरिकले सेवा लिनका लागि ४ महिनासम्म कुर्नुपर्ने हुन्थ्यो । बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले नयाँ व्यवस्थाले बिमितको उपचार सुविधा सुरु हुने समय घटेको बताए । ‘पहिला वर्षको चार साइकलमा सेवा सुरु हुने गरेको थियो । वैशाख, जेठमा बिमित भएकाले भदौबाट मात्रै सेवा पाउँथे । साउन, भदौ भएकाले मंसिर...
गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
समाचार, समाज, स्वास्थ्य

गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

नेपालअखबार,काठमाडौं । अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न बताए । ममन्त्री पौडेलले भने, ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’ आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार...
नेपाल चिकित्सक संघको आन्दोलन: अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

नेपाल चिकित्सक संघको आन्दोलन: अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द

नेपालअखबार,काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द छ। उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका हुन्। नेपाल चिकित्सक संघले असार २० गतेदेखि नै आन्दोलन अघि बढाएको थियो। संघका महासचिव डा. सञ्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा 'देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने' उल्लेख छ। यस्तो छ विज्ञप्ति:  ...