पोखरामा होम आइसोलेशनमा बसेका ८ जनाले जिते कोरोना
नेपाल अखबार, पाेखरा। महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उनमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे।
दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उनका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त भएका छन ।
“आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए ।
” उनले भ,ने“बेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वागतीको झोल पिएर अहिले निको भएको छु ।”
आइसोलेशनमा बस्द...
