पर्सामा आइसोलेसन वार्डको अभाव, संक्रमित २ थुनुवा अस्पतालबाटै फरार
इरफान अली, पर्सा। विगत केही दिन यता पर्सा जिल्ला कोरोनाको हटस्पट बन्दै गएको छ । वीरगंजको अधिकांश क्षेत्र कोरोना प्रभावित भएको छ भने पर्सा जिल्लामा आईसोलेशन वार्डको कमी हुन थालेको छ । कोरोनाको उपचारका लागि पर्सा जिल्लाका विभिन्न अस्पतालहरु कोभिड अस्पतालमा परिणत समेत गरिएका छन् ।
कोरोना उपचारकै क्रममा वीरगंजको कोभिड अस्पतालबाट २ जना कोरोना संक्रमित फरार भएका छन् । छोटु तिवारी र रामु माझी दुई जना थुनुवा फरार भएका जिल्ला प्रहरी र्कायलय पर्साले जनाएको छ ।
दुई जनै सार्वजनिक मुद्दामा पक्राउ भई थुनुवा कैदी हुन् । वीरगन्जका विभिन्न कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको उपचारका लागि वीरगन्जको नारायणी कोभिड अस्पतालमा भर्ना गराइएको पर्साका प्रहरी नायब उपरीक्षकले बताए ।
शनिबार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले दुई सङ्क्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा ब...
