Monday, August 31

स्वास्थ्य

साँखुमा भेटिए ३ कोरोना सङ्क्रमित
समाचार, स्वास्थ्य

साँखुमा भेटिए ३ कोरोना सङ्क्रमित

नेपाल अखबार, काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए । सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ  । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।...
काठमाडौं उपत्यकामा १३८ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा १३८ जना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी  १०९ जना काठमाडौंका रहेका छन् । यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु  हुनेको संख्या ९१ रहेको छ ।...
प्रचण्डको सचिवालयका एक चालकलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

प्रचण्डको सचिवालयका एक चालकलाई कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउँथे । यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनको परीक्षण गरिएको थिएन । नयाँ संक्रमित भेटिएसँगै प्रचण्डका सचिवालय सदस्यहरुको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले बताएको छ ।...
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२
समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२

नेपाल अखबार, पोखरा । नेपालमा बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर संक्रमितको संख्या २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा ६४ जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ७ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ रहेको छ।‍...
कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो
समाचार, समाज, स्वास्थ्य

कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

नेपाल अखबार, पाेखरा।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १  गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ महिला र ६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्ल...
वीरगंजमा काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगंजमा काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन

इरफान अली ,वीरगञ्ज । वीरगंज महानगर पालिकाले काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन रहेकाे पाईएकाे छ । एक घर एक परिक्षणकाे अवधारणा सहित वीरगंज महानगर पालिकाले स्थानिय दात्री संस्थाहरुबाट चन्दा संकलन गरि पिसिआर मेसिन र केमिकल नारायणी अस्पताललाई हस्तांतरण गरिएकाे थियाे तर अहिले चन्दा संकलन गरि दिइएकाे केमिकलमा गडबडी रहेकाे अस्पतालका एक कर्मचारीले नाम नखाेल्ने सर्तमा बताएका छन । चार कराेड जतिकाे रकम संकलन गरि ल्याईएकाे पिसिआर मेसिन र केमिकल खरिद गरि नारायणी अस्पताललाई एक कार्यक्रम बीच प्रदेश २ का मुख्यमन्त्रिले लालबाबु राउत गदीले प्रदान गरेका थिए । रिपाेर्टहरुमा गडबडी पाए पछि पर्साका विभिन्न स्थानबाट संकलन गरिएकाे १००० भन्दा बढी पिसिआर नमुना काठ्माण्डाैकाे प्रयाेगशालामा पठाईएकाे स्राेतले बताएका छन । यस अघि गरिएका सम्पुर्ण पिसिआर परिक्षण नै शंकाकाे घेरामा रहेकाे स्रा...
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, भारतमा एकै दिन ६१ हजारमा संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, भारतमा एकै दिन ६१ हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ५४ हजार सात सय २७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई करोड पाँच लाख दुई सय ९७ पुगेको छ। विश्वभरी नै कोरोना संक्रमणदर घटन सकेको छैन। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ। भारतपछि ब्राजिल र अमेरिकामा धेरै संक्रमित देखिएका छन्। यस अवधिमा ब्राजिलमा झण्डै ५५ हजार र अमेरिकामा ५२ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार नाघेको छ भने ४६ हजार एक सय ८८ जनाले ज्यान गुमाएका छन्। यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो। पछिल्लो २४ घण्टामा भारतमा आठ सय ३५ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा १...
दाहसंस्कार गरिसकेपछि पूर्वमन्त्रीका पितामा कोरोना संक्रमण पुष्टि!
समाचार, स्वास्थ्य

दाहसंस्कार गरिसकेपछि पूर्वमन्त्रीका पितामा कोरोना संक्रमण पुष्टि!

नेपाल अखबार,सिन्धुपाल्चोक। पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिताको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण रहेको रिपोर्ट प्राप्त भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय उनको यही साउन २२ गते त्रिवि शिक्षण अस्पताल (महराजगन्ज) मा उपचारका क्रममा निधन भएको थियो। त्यसपछि शव बाह्रबिसे लगेर दाहसंस्कार गरिएको थियो। जसमा करिब १५ सय मानिस सहभागी (मलामी) भएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्। तर स्वास्थ्य मन्त्रालयले हिजो (मंगलबार) मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएपछि तनाव भएको छ। ‘अब ती सबै (१५ सय जना) को कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको छ,’ उपप्रमुख पाख्रिनले बुधबार बिहान भनिन्, ‘आज पहिलो चरणममा मृतकलाई छोएका तथा धेरै नजिकका मानिसको स्वाब संकलन गर्दै छौं।’ त्यसका लागि अहिले बिहान १० बजेतिर जिल्ला स्वास्थ्य कार्यालयबाट ...
पाटन अस्पतालमा १ महिलाको कोरोनाका कारण मृत्यु
समाचार, स्वास्थ्य

पाटन अस्पतालमा १ महिलाको कोरोनाका कारण मृत्यु

नेपाल अखबार, काठमाडौं । जनकपुरकी ३८वर्षीय कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा ज्यान गएको छ । साउन १८ गते अस्पताल भर्ना भएकी उनको कोरोना कै कारण ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ । यता बुटवलको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका २ जनाको ज्यान गएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ तौलिहवाका कृष्णकुमार गुप्ता तथा कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको उपचारका क्रममा ज्यान गएको हो । गुप्ता साउन २५ गते अस्पताल भर्ना भएका थिए । उनमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । त्यस्तै तेलीको भने रिर्पोट आउन बाँकी रहेको अस्पतालले बताएको छ । ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका तेली केही दिन अगाडि मात्र भारतबाट घर आएका थिए । गुप्ता र तेली दुवैको अवस्था गम्भीर भएकाले उनीहरुको सुरुदेखि नै भेनिटलेटरमा राखेर उपचार गरिएको थियो ।...
पोखरामा थप २ जनामा कोरोना पुष्टि
प्रदेश ४, स्वास्थ्य

पोखरामा थप २ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका २ जनामा कोरोना भाइरस  पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान  पोखरा–६  का  २३ वर्षीय  पुरुष र पोखरा-१६ ९ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा राखिसकिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।  प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।...