Monday, August 31

स्वास्थ्य

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार,जनकपुर । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको जानकारी दिए । २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको  पुष्टि अस्पतालले गरेको छैन । काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरधामस्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छ...
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु
प्रदेश ५, समाचार, स्वास्थ्य

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु

नेपालअखबार, बुटवल ।  कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट आउन बाँकी रहको हो । दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो । उनलाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने २ बजे मृत्यु भएको डा. गौतमले बताए । उनीहरुमध्ये एकजना...
सप्तरीमा थप एक संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

सप्तरीमा थप एक संक्रमितको मृत्यु

नेपाल अखबार, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए । उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भए...
नेपालमा कोरोना संक्रमणको दर बढ्यो, आजै मात्रै ६३८ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमणको दर बढ्यो, आजै मात्रै ६३८ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङका क्रममा आज थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । यस्तै आज कोरोनामुक्त भएर १ सय ७१ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ६ सय ६४ पुगेको प्रा.डा.गौतमले जानकारी दिएका छन् ।...
पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका दुई वडाका ११ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार साँझ पोखरा–९ का ४ महिला र २ पुरुष, पोखरा-१९ का ५ महिला तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा ११ देखि ८० वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । त्यस्तै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।...
कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो

नेपाल अखबार, काठमाडौं । कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला  तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।...
जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा.जामुन सिंहले जानकारी दिए। योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि आइतबार जनकपुरको कदमचोक स्थित विनय तारा फाउण्डेशन आस्पतालमै मृत्यु भएका त्यहाँका सुरक्षागार्डको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको थियो। उनी धनुषाको मिथिला बिहारी नगरपालिका ५० का बासिन्दा थिए। दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषक...
पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका ४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान  पोखरा – ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा ३० का ३० वर्षीय पुरुष तथा पोखरा १७ का ४५ वर्षीया महिलामा  कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । यसैगरी  बिहान गण्डकी प्रदेशका बागलुङ जिल्ला  बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र -४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर -६ का १९ वर्षीय पुरुष तथा वडा -३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।...
डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’

नेपाल अखबार,एजेन्सि। संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ । डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो महामारीसँग जुधन्का लागि उठाइएको कदममा कहिले पनि ढिलाइ नभएको स्पष्टिकरण दिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले पत्रकार सम्मेलनमा यस हप्ता संसारभरी संक्रमितको कूल आँकडा दुई करोड पार हुने र मृतकको संख्या साढे सात लाख पुग्ने बताएका छन् । उनले भने, ‘यो आँकडा पछाडि एउटा ठूलो पीडा र तनाव लुकेको छ । यो महामारीका कारण गुमेको प्रत्येकको जीवन मूल्यवान छ । मलाई थाहा छ, तपाईंमध्ये धेरैजना यतिबेला पीडामा हुनुहुन्छ र संसारका लागि यो मुश्किलको समय हो । तर आशाको किरण बाँकी नै छ भनेर स्पष्ट गर्न चाहन्छु । यो महामारी नष्ट गर्न अहिल...
बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि

नेपाल अखबार,  बाँके । बाँकेमा दुईजना चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षणमा नेपालगन्जका ४७ वर्षीय पुरुष र १९ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । यस्तै नेपालगन्जको वडा प्रहरी कार्यालयका ३०, ३७ र ३८ वर्षका तीनजना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पुरुष हुन् । वडा प्रहरी कार्यालयबाटै संकलन गरिएको स्वाबको नमूना परीक्षणमा वडा प्रहरी कार्यालय ठेगाना लेखिएकी १० वर्षीया बालिका, नेपालगन्ज उपमहानगरपालिका ५ का ३१ वर्षीय पुरुष र १२ वर्षी बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज-१२ का ३८ वर्षीय पुरुष र वडा नंं १० ...