Thursday, July 9

थप १३ सय २५ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १२२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन्।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हाजर ५८४ पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ९ लाख १४ हजार २९० पुगेको छ।
पछिल्ले २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४६ हजा। २३३ पुगेको छ।
यो कूल संक्रमितमध्येको प्रतिशत हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *