नेपाल अखबार, पाेखरा। पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ६ जना, म्याग्दी र लमजुङका एक–एक जना तथा नवलपुर गैंडाकोटका २३ जना गरी थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा २ का ६२ वर्षीय पुरुष, ४ की २१ वर्षीया महिला, १४ का ७७ वर्षीय पुरुष, १५ का ५१ वर्षीय पुरुष, १९ का २३ र ४८ वर्षीय पुरुष, म्याग्दी वेनीकी ५४ वर्षीया महिला तथा लमजुङ सुन्दर वजार ९ का ४९ वर्षीय पुरुष रहेका छन ।
पोखराका १९ का २३ वर्षीय पुरुष वाहेकका ५ जना र म्याग्दीकी महिला फेवा सिटी अस्पतालमा उपचारका लागि आएका विरामीहरु रहेका निर्देशनालयले जनाएको छ ।
त्यस्तै नवलपुर गैडाकोटका ८ वटा वडाका २१ देखि ६५ वर्ष उमेर सुमहका १३ पुरुष तथा २० देखि ६७ उमेर समुहका २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ६ सय ७९ पुगेको छ ।

