Thursday, July 30

चिनियाँ नेताले भने : दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं

नेपालअखबार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् ।

Advertisement

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँगको भेटमा उनले पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका नेता नारायणकाजी श्रेष्ठले बताए ।

Advertisement
Advertisement

‘नेपाल र नेपालको कुनै पनि पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको कुरामा उहाँले जोड दिनुभयो’ भेटपछि श्रेष्ठले पत्रकारहरुसँग भने ।

Advertisement

नेता जियानचाओले नेपालको विकासको प्रक्रियामा चीनले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाउदै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता अनुसार नेपालले ठोस योजना छनोट गरेमा ठोस रुपमा छलफल गर्न सकिने बताएका नेता श्रेष्ठले जाकारी दिए ।

भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताए । उनले नेपालको विकास प्रक्रियामा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै चीनमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समस्या समाधान गर्न चीनको ध्यानाकर्षण गराएका थिए ।

नेता श्रेष्ठका अनुसार नेपाल र चीन बीचको ब्यापार घाटा कम गर्ने विषयमा पनि चिनियाँ सहयोगको अपेक्षा गरिएको प्रचण्डले बताएका थिए ।

प्रचण्डसँगको भेटमा नेकपा माओवादी केन्द्रका नेताहरु श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, देव गुरुङ, राम कार्कीलगायत सहभागी थिए ।