Tuesday, August 4

दाङमा एक जना पुरुषको शव फेला

नेपालअखबार, दाङ । दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ।

Advertisement

राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्बर-८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

Advertisement
Advertisement

मंगलबार बिहान जंगलमा च्याउ खोज्न जंगल गएका महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

Advertisement

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।