
नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् ।
शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको र त्यसकाविरुद्ध लड्नेलाई कारबाही गरेको आरोप लगाएका हुन् ।
‘खुलेआम भ्रष्टारी गर्नेलाई राज्यले पक्षपोषण गर्ने, संरक्षण गर्ने, विरुद्ध लड्नेलाई अनेक बहाना गरेर थुनछेक गर्ने बडो विचित्रको प्रचलन देखा पर्दैछ’, उनले भने । प्रचण्डले सरकारको यो रवैयाविरुद्ध नयाँ संकल्पका साथ जाने बताए ।
उनले अब पनि जनतालाई बुझाउन नसके फेरि अर्कोदुर्घटना हुने दाबी समेत गरे । सरकारले संविधान मिच्ने सक्ने भन्दै उनले त्यसले देश दुर्घटनामा जाने बताए । ‘दुर्घटना टरेको छैन । जनतलाई बुझाउन सकेनौं भने फेरि अप्ठ्यारो आउँछ’, उनले थपे, ‘संविधान मिचियो भने देश फेरि दुर्घटनामा जान्छ ।’अर्को प्रंसंगमा उनले विश्व फेरि मार्क्सवादतिर फर्किँदै गरेको दाबी गरे । युरोपले त्यसको संकेत गरेको उनको भनाइ छ ।




