Saturday, May 30

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको माइतीघरमा प्रदर्शन

नेपालअखबार,काठमाडौं। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो ।

Advertisement

समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गरलगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शन अघि एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

दिउँसो साढे एक बजे सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पुर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनी मन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् ।