Monday, May 25

साना किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क

नेपालअखबार, काठमाडौँ । सरकारले साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरण गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो योजना ल्याएको हो ।

Advertisement

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तराईमा सिँचाइ नपुग्ने स्थानमा नमुना आयोजनाको सम्भावना अध्ययन गरिने समेत बताएका छन् ।